+
+
Shares

पराल बोकेको ट्याक्टरमा आगलागी हुँदा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १४ गते १२:५४

१४ कात्तिक, नवलपरासी । नवलपरासीको कावासोतीमा पराल बोकेको ट्याक्टरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

कावासोती नगरपालिका-११ तारे चोकमा कुडौलीबाट कावासोती आउँदै गरेको लु३त ३६३३ नम्बरको ट्याक्टरमा आगो लागेको हो ।

ट्याक्टरले विद्युतको तार छिनाली सर्ट हुँदा आगो लागेको थियो । सोही क्रममा ट्याक्टरको पछाडि सवार दुई जनालाई करेन्ट लागेर घाइते भएका थिए ।

घाइते मध्ये कावासोती ११ बस्नेे २० वर्षका सन्तोष रिजालको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । सोही ठाउँका २२ वर्षीय सन्दीप रिजाल गम्भीर घाइते भएका छन् । रिजालको नयाँ मेकिडल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

प्रहरी नायव निरीक्षक कृष्ण शाहाको नेतृत्वको प्रहरी टोली र कावासोतीबाट गएको दम्कलले आगो नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?