Comments Add Comment

खाना पच्दैन ? कसरी सुधार्ने पाचनयन्त्र

हामीले जे जति खानेकुरा खान्छौं, पाचन यन्त्रले त्यसबाट शरीरलाई आवश्यक पोषण तत्व ग्रहण गर्छ । त्यही पोषण तत्वले हामीलाई निरोगी एवं तन्दुरुस्त राख्छ । तर, हामीले खाएको सबै खानेकुरा पच्छ भन्ने छैन । जब खाना पच्दैन, त्यो विकार दिसा-पिसाबको माध्यामबाट बाहिर निस्कन्छ ।

खाना नपच्नु भनेको शरीरमा आवश्यक पोषण तत्वको अभाव हुनु पनि हो । त्यसो भयो भने, हामी रोगी हुनेछौ । अपच खानेकुरा विकारको रुपमा शरीरभित्रै जम्छ । यसले शरीरलाई विषाक्त बनाउँछ । त्यसैले स्वस्थ्य एवं निरोगी जीवनका लागि खानेकुरा राम्ररी पचाउने क्षमता हुनैपर्छ ।

तर, हामीले खाएको सबै खानेकुरा पच्छ भन्ने छैन । किन ?

किनभने, हामीले पचाउन गाह्रो हुने खानेकुरा सेवन गर्छौं । जस्तो कि, तारेको, भुटेको, मसलेदार, जंक फूड, प्याकेटबन्द खानेकुरा आदि ।

अर्कोकुरा, हाम्रो पाचन यन्त्र नै कमजोर भइदिन्छ । जब पाचन यन्त्र कमजोर हुन्छ, सामान्य खानेकुरा पनि पचाउन गाह्रो हुन्छ ।

आवश्यकता भन्दा बढी मात्रामा खाना खानु, मसलायुक्त खानेुकराको सेवन तथा गलत खानपानका कारण पाचन तन्त्रले खानालाई सही तरीकाले पचाउन सक्दैन ।  त्यसबाहेक, कलेजोमा रहेका इन्जाइमले सही तरीकाले काम गर्न नसकेको अवस्थामा अपचको समस्या निम्तने गर्छ । जुन निकै पिडादायक हुन्छ ।

यी अवस्थाले देखाउँछ अपच

अपच भएमा पेट पोल्ने, ग्यास्टि्रक हुने, पेट फुल्ने लगायतको समस्या देखिन्छ गर्छ । अपच आफैमा आम समस्या नभएकोले  यसबारे सजग हुन आवश्यक छ । अन्यथा, अपचकै कारण स्वास्थ्य सम्बन्धी विभिन्न समस्या निम्तने गर्छ ।

अपचका कारण हुनसक्ने समस्या

-एलर्जी

-आर्थराइटिस

-अटोइम्युन डिजिज

-छालाको इन्फेक्सन तथा पिम्पल्स

-थकान तथा मुड अर्डर

पेटको समस्याका कारण

पेटको पाचन-तन्त्रले नै यो कुरा निर्धारण गर्छ कि आखिर भोजनले शरीरलाई कुन कुन किसिमका पोषण तत्व प्रदान गर्छ । र, कुन कुन विषादीलाई शरीरबाट बाहिर निकाल्छ । यसको अर्थ के हो भने हाम्रो पाचन प्रणालीले नै हाम्रो शरीरलाई कुनै न कुनै तरीकाबाट नियन्त्रित गरिरहेको हुन्छ ।  उदाहरणको लागि हाम्रो कलेजोले शरीरमा जम्मा भएका कयौ विषादीलाई पित्तमा छोडेर शरीरबाट बाहिर निकाल्न सहायता प्रदान गर्छ । र, यसले उल्टो काम गरेमा शरीरमा कब्जियत हुने गर्छ ।र, कब्जियतको कारण शरीरमा विषादी बढ्ने गर्छ ।

यी कारणले पनि हुनसक्छ अपच

-भोजनमा फाइबरको मात्रा कम भएमा तथा चिनीको मात्रा धेरै भएमा पनि पाचन सम्बन्धि समस्या हुने गर्छ ।

–     पोषण तत्वको कमी तथा उच्च क्यालोरीयुक्त आहारका कारण शरीरमा खराब व्याक्टेरियाको स्तर बढेर आन्द्रा सम्बन्धि समस्या निम्तन सक्छ ।

-सामान्य पाचन प्रणालीलाई प्रभावित पार्ने विभिन्न औषधीको सेवनले पाचन सम्बन्धि समस्या निम्तन सक्छ । विशेषगरी एस्पि्रन तथा पि्रलोसेक जस्ता औषधीको सेवनले पनि पाचन  तन्त्रलाई प्रभावित पार्ने गर्छ ।

-तनावका कारण पनि नर्भस सिस्टम विगि्रएर पाचन सम्बन्धि समस्या निम्तन सक्छ । साथै, आन्द्रामा व्याक्टेरियाको सन्तुलन विग्रन सक्छ ।

पाचन क्रियामा व्याक्टेरिया

मानव शरीरमा पाँच सय प्रजातिको व्याक्टेरिया रहेको हुन्छ,  जसले भोजन पचाउनमा महत्वपूर्ण भूमिका खेल्ने गर्छ । यसको साथै, यी व्याक्टेरियाले हर्मोनको सन्तुलन कायम राख्ने, विषादीहरु बाहिर निकाल्ने तथा भिटामिन लगायतका अन्य हिलिङ तत्वको निर्माणमा सहायता प्रदान गर्छ । जसले गर्दा शरीरको पाचन प्रकि्रया स्वस्थ रहने गर्छ । शरीर स्वस्थ रहनका लागि पाचन तन्त्र स्वस्थ रहन जरुरी छ ।

शरीरमा प्यारासाइट वा यीस्ट जस्ता खराब व्याक्टेरियाको स्तर बढेमा वा ल्याक्टोवासिलस वा  बिफिडोव्याक्टेरिया जस्ता राम्रो व्याक्टेरिया कम भएमा स्वास्थ्य सम्बन्धि समस्या निम्तन सक्छ । त्यसैले, शरीरलाई स्वस्थ राख्न तथा पाचन प्रकि्रयालाई चुस्त राख्न व्याक्टेरियाको सन्तुलन हुन  निकै जरुरी छ ।

आयुर्वेदिक तरिका अपनाएर सुधार्नुहोस् आफ्नो पाचन प्रक्रिया

पाचन प्रणाली हाम्रो शरीरको महत्वपूर्ण भागमध्ये एक हो । यसले हामीले खाएको खाना पचाउँछ र शरीरलाई आवश्वयक उर्जा प्रदान गर्छ ।

एक स्वस्थ मानिसको पाचनकि्रयाले शरीरमा गएका खानाहरुलाई पचाएर हामीलाई त्यसमध्येबाट अधिकतम पोषक तत्वहरुलाई शरीरका हरेक भागसम्म पुर्याउँछ ।

तर, अस्वस्थ जीवनशैली र खानपानको कारण हामी सबैले कुनै न कुनै बेला पाचन प्रक्रियामा समस्या भोगेको अनुभव हुन्छ । पाचनप्रणाली भित्र रहेका राम्रा र खराब ब्याक्टेरियाको असन्तुलनले हामीलाई यस्तो अनुभव हुन्छ । यो सन्तुलन निन्द्रा, औषधि, धेरै मात्रामा गुलियो खानु र रक्सीको सेवनले पनि बिग्रन्छ ।

आयुर्वेदमा पाचन प्रणालीलाई अग्नी समान मानिन्छ । पाचन प्रणालीलाई शरीरको उर्जा स्रोत मानिन्छ । शरीरमा उत्पादित हरेक शक्तिको सुरुवात पाचन प्रणालीबाट नै हुन्छ ।

१. स्वस्थ र एकाग्र भएर खाने

आजकालको जीवनशैलीमाा हरेक मानिस एकपटकमा विभिन्न काम गर्ने बारे सोच्छन् र समस्याहरु यँहीबाट सुरु हुन्छ । आयुर्वेदले सँधै एकाग्र भएर खाने सुझाव दिन्छ किनभने यस्तो गर्नाले मस्तिस्कलाई हाम्रो खानाको बारेमा सहि जानकारी मिल्छ ।

हल्का सादा खाना, सुपाच्य खाना एवम् सात्विक खाना खाएमा तपाईंको अग्नी उर्जावान रहन्छ ।

२. अग्नी खराब बनाउने पदार्थबाट टाढै रहनुहोस्

खराब तरल पदार्थहरुले तपाईंको अग्नीलाई बिगार्न सक्छ । धेरै मात्रामा तरल पदार्थ जस्तै कोल्ड डि्रंक्स, अल्कोहल आदीको सेवनले पनि तपाईंको पाचनप्रणालीलाई असन्तुलित गर्छ । यस्तै धेरै सुत्ने, धेरै खाना खाना खाने गर्नाले पनि अग्नीको अस्तित्व संकटमा पर्छ ।

३. आफ्नो अग्नीलाई सुधार्ने

स्वस्थ भोजन गरेर हामी आफ्नो अग्नीलाई पहिले देखि नै सुधार्न सक्छौं, जसले राम्रो परिणाम दिन सक्छ । खान भन्दा पहिले हल्का हिँडडुल गर्नु पनि तपाईंको अग्नीलाई सुधार्ने एक सरल र फाइदाकारी सुझाव हो । बिहान उठ्नासाथै २ गिलास पानी पिउनाले पनि पाचन प्रणालीलाई चुस्त दुरुस्त राख्छ ।

४. षैष्टिक गुण धेरै भएका खाद्यपदार्थको सेवन गर्नुहोस्

दिनचर्यामा अधिक पौष्टिक गुणवान खाद्यपदार्थहरुको सेवन गर्नाले तपाईंको पाचन प्रणालीको अग्नीलाई सुधार्छ । तपाईंको आहारमा पर्याप्त मात्रामा सागसब्जी एवम् फलफूल हुन आवश्यक छ । यसखालको आहारले तपाईंलाई पाचनमा हुने रोगहरुबाट बँचाउछ ।

५. दैनिक एकै समयमा खाना खानुहोस्

यो बानी अपनाउन थोरै मुस्किल हुन सक्छ तर यो बानीको फाइदा भरपुर छ । दैनिक एकै समयमा खाना खानाले तपाईंको पाचन प्रणालीलाई सुधारेर त्यसको उत्पादकत्व बढाउँछ ।

६. व्यायाम महत्वपूर्ण छ

धेरै समयसम्म एकै स्थानमा बसेर काम गर्ने वा पढ्ने गर्नाले तपाईंको शरीरको पाचन क्रिया ढिलो हुन्छ । त्यसैले आयुर्वेदले सँधै सहि प्रकारको व्यायाम गर्ने सल्लाह दिन्छ जसले तपाईंको पाचनतन्त्र एवम् शरीर दुवै उच्चतम बनिरहन्छ ।

७. ताजा हावा र केही आसन

जसरी अग्नी बल्नको लागि अक्सिजनको आवश्यकता हुन्छ त्यसरी नै तपाईंको पाचन तन्त्रको अग्नीलाई पनि स्वस्थ राख्न पनि ताजा हावाको आवश्यकता हुन्छ । बिहानै घुम्न जाने वा फेरि प्रकृतिमा लामो पैदल यात्रा गर्नु तपाईंको ताजा हावाको सेवन अनुभव गराउन सक्छ ।

८. काममा ध्यान लगाउने

आफ्नो पिर, चिन्ता र तनावलाई टाढै राख्नको लागि आफ्नो काममा धेरै ध्यान लगाउनुभन्दा राम्रो तरिका सायद अरु छैन होला हरेक दिन केवल ५ मिनेट एकाग्रतासँग ध्यान लगाउनाले तपाईंलाई असङ्ख्य लाभ दिन सक्छ ।

९. सहि मात्रामा पानी पिउने

दैनिक सहि मात्रामा पानी पिउनु मानिसको पाचन प्रणालीको लागि सबैभन्दा धेरै लाभदायक हुन सक्छ । पानीले केवल पाचनप्रणालीमा रहेका ब्याक्टेरियामा सन्तुलन राख्दैन बरु पुरै शरीरमा खानाबाट मिलेका पोषक तत्वलाई पुर्याउन सहयोग गर्छ ।

१०. विषहरण प्रक्रिया

आयुर्वेदका ज्ञाताहरुले पाचनप्रणालीलाई विषहरण क्रियाद्धारा सफा राख्ने सल्लाह पनि दिन्छन् । विषहरण क्रिया क्रिया हरेक मानिसको लागि अलग हुन सक्छ ।

विषहरण क्रियाले तपाईं आफ्नो अग्नीलाई शक्तिशाली तरिकाले फेरि सुरु गर्न सक्नुहुन्छ । विषहरण कि्रयाले भित्री प्रणालीको मर्मत गरेर त्यसलाई उच्चतम उत्पादकत्व दिन सघाउँछ । विषहरण क्रिया फलफूलको सेवन देखि लिएर पन्चकर्म थेरापीसम्म विस्तारित छ  ।

पाचनप्रणाली भित्रको अग्नीले हरेक मानिसलाई सकि्रय उर्जावान राख्छ । पाचनप्रणालीमा सन्तुलन राख्न सकेमा स्वस्थ र दिर्घजीवन प्राप्त गर्न सकिन्छ । यसैकारण हामीले आफ्नो पाचनप्रणालीको अखण्डतालाई स्वस्थ राख्न आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment