+
+
Shares

‘बुलबुल’को गीत रिलिज शैलीः मल अगाडि नाचिन् स्वस्तिमा

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १५ गते २०:३९

चलचित्र ‘बुलबुल’को गीत रिलिज रमाइलो शैलीमा गरिएको छ । ‘फ्ल्यास मोब’ शैलीमा यो चलचित्रको गीत सार्वजनिक गरिएको हो । गीत सार्वजनिक गर्नका लागि देशका विभिन्न ५ शहरमा डान्सहरु तयार भएका थिए । काठमाण्डौको काठमाण्डौ मलमा भने नायिका स्वस्तिमा खड्का, कलाकार मुकुन भुषाल र ४० भन्दा बढी डान्सहरुले नृत्य गरेका थिए । ‘खुद्रा खुद्री माया’ बोलको गीतमा उनीहरुले प्रस्तुति दिएका हुन् ।

फागूण ३ गतेबाट रिलिज हुने चलचित्रमा विनोद पौडेलको निर्देशन, अविरल थापाको निर्माण छ । चलचित्रमा नायिका स्वस्तिमा खड्का टेम्पो ड्राइभर महिलाको भूमिकामा देखिएकी छिन् । कार्यक्रममा नायिका स्वस्तिमा खड्कासँग सेल्फी लिनका लागि फ्यानहरुको भीड पनि लागेको थियो । यस्तो शैलीमा प्रचार गर्दा दर्शकको ध्यान तान्न सकिने वुझाई निर्माणपक्षको छ ।

कोशिष क्षेत्रीको शब्द तथा संगीतमा तयार भएको यो गीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर छ । कविराज गहतराजले यो गीतको भिडियोको कोरियोग्राफी गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?