+
+

पाकिस्तानका पूर्वकप्तानले लिए एकदिवसीय क्रिकेटबाट सन्यास

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १५ गते २१:३६

काठमाडौं । पाकिस्तानका पूर्वकप्तान अजहर अलीले एकदिवसीय क्रिकेटबाट सन्यास लिएका छन् ।

टेष्ट क्रिकेटमा मात्र केन्दि्रत हुन भन्दै उनले सन्यास लिएका हुन् । उनी पछिल्लो समय पाकिस्तानको एकदिवसीय टोलीमा परेक थिएनन् ।

पछिल्लो पटक न्यूजिल्याण्डविरुद्ध खेलेका थिए । उनले टी-२० आई खेलेकै छैनन् ।

अजहर अलीले च्याम्पियन्स ट्रफीमा भने सम्झनलायक प्रदर्शन गरेका थिए । उनले फाइनलमा भारतजिरुद्ध ५९ रन बनाएका थिए भने समूह चरणमा भारतविरुद्ध नै ५० र सेमिफाइनलमा इंग्ल्याण्डविरुद्ध ७६ रनको महत्वपूर्ण पारी खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?