Comments Add Comment

प्रेमका कुराः रणवीर-दीपिकाले कसरी आफ्नो सम्बन्धलाई रसिलो र कसिलो बनाए ? 

अहिले बलिउडमा अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहको विवाहले तरंग मच्याइरहेको छ । यी हट जोडीले कहाँ विवाह गर्दैछन्, कसरी गर्दैर्छन् यावत् कुरामा सर्वत्र चासो छ ।

दीपिका-रणवीरको जोडी पछिल्लो छ वर्षदेखि सम्बन्धमा रहेका छन् । सञ्जय लिला भन्सालीको फिल्म ‘ गोलियों का रासलीलाः रामलीला’ फिल्म शुटिङका क्रममा भेटिएका थिए । त्यसपछि निजिकिएका उनीहरुको लामो समय अफेयर चल्यो ।

अक्सर बलिउड सेलिब्रेटीले आफुलाई व्यस्त सेड्युलमा डोहोर्‍याउँछन् । दीपिका पादुकोण र रणवीर सिंहक जस्ता सुपरस्टारहरुको जीवन त अझ व्यस्त हुने नै भयो । कहिले सुटिङ, कहिले प्रमोसन, कहिले विज्ञापन, कहिले मिडिया, कहिले इभेन्ट । यी सबैमा उत्तिकै कुशलतापूर्वक समय दिएर पनि उनीहरुले आफ्नो प्रेमलाई टिकाइरहे, ६ बर्षसम्म ।

अहिलेको अवस्थामा प्रेम सम्बन्ध आज जोड्ने र भोलि तोड्ने प्रवृत्ति छ । केवल शारीरिक उपभोगका खातिर वा देखासेखीमा गरिने प्रेम सम्बन्धको कुनै भर हुँदैन । यस्तो अवस्थामा दीपिका र रणवीरलाई हामी उदाहरणको रुपमा लिन सकिन्छ ।

आखिर यत्तिका बर्षसम्म उनीहरुले आफ्नो सम्बन्धलाई कसरी उत्तिकै प्रेमपूर्ण बनाए त ? उनीहरुको  भोगाई हाम्रा लागि गतिलो टिप्स हुन सक्छ:

एकअर्कालाई बुझे

उनीहरुको सम्बन्धको सबैभन्दा राम्रो कुरा के भने छ वर्ष पहिले एकअर्कालाई जति प्रेम गर्थे अहिले पनि उत्तिकै आकषिर्त छन्, विश्वासको डोरी उस्तै बलियो छ । यसमा उनीहरुको एक अर्काको बुझाईले नै महत्वपूर्ण भूमिका खेलेको छ ।

एकअर्काको परिवारलाई सम्मान र महत्व दिने

दीपिका र रणवीरको सम्बन्ध यति लामो समय पनि उस्तै प्रेमपूर्ण रहनुको एउटा कारण के भने उनीहरुले एकअर्काको परिवारलाई पनि उत्तिकै चासो दिन्छन् । फुर्सद निकालेर आफ्नो पार्टनरको साथी र परिवारसँग भेट्छन् । उसैगरी हामी पनि सबैलाई निमन्त्रणा गरेर हाउस पार्टी गरौं । र, आफ्नो पार्टनरलाई खुशी बनाउन सक्छौं । यसलेसामाजिक र पारिवारिक सम्बन्ध पनि बलियो भएर जान्छ । जसले सम्बन्धमा नयाँ खालको विश्वास पैदा हुन्छ ।

आपसी आकर्षण कायम राख्ने

प्रेमको सुरुवाती अवस्थामा मात्र आकर्षण भएर पुग्दैन ।  यसलाई त जिन्दगीभर टिकाइराख्न जरुरी हुन्छ । यो विर्सनु हुँदैन की प्रेमको सुन्दर पक्ष नै अकर्षण हो । रिलेशनसिपको केही वर्षपछि प्राय मानिसले यो कुरालाई विर्सने गर्छन् । परिणाम पार्टनरलाई सामान्य तरिकाले ट्रिट गर्न थाल्छन् । यस्तो व्यवहारले सम्बन्धको डोरीलाई कमजोर बनाउँदै लैजान्छ । त्यसैले, सम्बन्धमा रणवीर र दीपिकाले जसरी एक-अर्काको अकर्षणलाई सँधै टिकाईराख्नुपर्छ ।

एकअर्कासँग क्वालिटी टाइम विताउने

प्राय विवाह र सम्बन्धलाई सफल बनाउँन पैसालाई निकै बलियो ठान्ने गर्छन् । केही मात्रामा यो सत्य पनि हो । योभन्दा बलियो कुरा के हो भने सफल विवाहित जोडी बन्न र सम्बन्धलाई टिकाई राख्नका एकअर्कालाई बढीभन्दा बढी समय दिनुपर्छ । एक अर्काको साथमा समय विताइरहनुभएको छ भने तपाई निकै खुशी हुनुहुन्छ ।

पुरानो लय नछाड्ने

तपाई यसकारण प्रेममा पर्नुहुन्छ की पार्टनरको बानी निकै मन परेको हुन्छ । तर, केही समयपछि सम्बन्ध पेचिलो बन्दै जान्छ । जसको कारण पार्टनरको पछिल्लो वानी मन पर्न छोड्छ । यस्तो अवस्थामा पार्टनरको पुरानो बानीलाई याद दिलाउनुपर्छ, जसले तपाईमा प्रेम पुर्नजागृत पनि हुन जान्छ ।

एकअर्काको सोंचलाई सम्मान

कैयौँ पटक कुनै कारणबस एकअर्काको बिपरित हुन जान्छन्  । खासगरी फरक विचारका कारण एक-आपसको सौहार्दता खलबलिन जान्छ । कतिपयले विवाहभन्दाअघि यस्तो कुरामा ध्यान पुर्‍याउँदैनन् र पछि समस्या आइपर्छ । यस्तो अवस्थामा दुवैले एकअर्काको सोच र विचारलाई सम्मान गर्न जरुरी हुन्छ । जसले सम्बन्धलाई थप वलियो बनाउँदै लैजान्छ ।

एकअर्कालाई सुन्ने र बुझ्ने

कहिले काहीँ आफ्नो पार्टनरबाट दुखी हुने गर्छ । उसलाई लाग्छ की मेरो कुरा राम्रोसँग सुन्दैन  । या, मेरो कुरा सुन्नको लागि उसँग समय नै छैन । त्यसैले आफ्नो पार्टनरको जुनसुकै कुरालाई ध्यान दिएर सुन्न जरुरी हुन्छ । यदि तपाईसँग पनि समस्याको हल छैन भने राम्रोसँग बुझ्न सक्ने विश्वास दिलाउनुपर्छ ।

रिलेशनशिपमा आएपछि तपाईको जिम्मेवारी समाप्त हुँदैन । बरु अझ बढेर जान्छ । यस्तो खालको सोचले दुईबीचको   प्रेम जहिले पनि ताजा रहन्छ । आफ्नो प्रेम वा प्रेमिकालाई खुशी बनाउनका लागि विभिन्न जुक्ति अपनाउन पनि  सकिन्छ  । यसो गर्दा तपाईको जीवन  प्रेमले भरिपूर्ण र खुशी रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment