Comments Add Comment

ललितपुर उद्योग वाणिज्य संघ र ग्वाङ्गडोङ्ग पिपल्स एशोसियसनबीच सहकार्य

१६ कात्तिक, काठमाडाैं । ललितपुर उद्योग वाणिज्य संघ र चीनको ग्वाङ्गडोङ्ग पिपल्स एशोसियसन फर फ्रेण्डसिप विथ फरेन कन्ट्रिज् बीच  एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

पारस्परिक सम्बृद्धिका लागि आवश्यक न्यूनतम आवश्यकताहरु पूर्ति गर्न आपसी सहयोग गर्दै जाने बारे समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा संघको तर्फबाट संघका अध्यक्ष कृष्णलाल महर्जन र ग्वाङ्गडोङ्ग पिपल्स एशोसियसनको तर्फबाट अध्यक्ष चेन क्वीयानले हस्ताक्षर गरे ।

ग्वाङ्गडोङ्ग पिपल्स एशोसिएसनको निमन्त्रणामा संघका अध्यक्ष कृष्णलाल महर्जनको नेतृत्वमा निवर्तमान अध्यक्ष सविन श्रेष्ठ, उपाध्यक्ष (वाणिज्य) रुपकुमार शाक्य र कोषाध्यक्ष सचेन्द्रराज जोशी कार्तिक ४ देखि १३ गतेसम्म ग्वाङ्गडोङ्ग प्रान्त गएका थिए ।

भ्रमणको क्रममा ग्वाङ्गडोङ्ग पिपल्सका अध्यक्षसाग शिक्षा, स्वास्थ्य, खेल, विज्ञान तथा प्रविधि, सांस्कृतिक, आर्थिक, व्यापारका क्षेत्रमा पारस्परिक सम्बृद्धिका लागि आधारभूत आवश्यकताहरु आपसी सहयोगमा पूर्ति गर्ने सम्बन्धमा छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment