Comments Add Comment

रातको १२ बजे बार्दलीमा निस्केर शाहरुखले दिए फ्लाइङ किस

बलिउड अभिनेता शाहरुख खान आज आफ्नो ५३ औं जन्मदिन मनाउँदैछन् । उनी २ नोभेम्बर १९६५ मा जन्मेका थिए ।

शाहरुखको जन्मदिनमा उनलाई शुभकामना दिन बिहिबार राति १० बजेदेखि नै उनको निवासबाहिर फ्यानहरुको भीड जम्मा भएको थियो । उनीहरुले लगातार शाहरुखको नाम गुञ्जाएका थिए ।

रातको ठीक १२ बजे शाहरुख आफ्नो निवासबाट बार्दलीमा निस्किए । उनलाई देख्नासाथ फ्यानहरुमा खुशी छाएको थियो । शाहरुखले भिडलाई धन्यवादसहित हात हल्लाए र फ्लाइङ किस दिए ।

फ्यानहरुबाट शुभकामना लिने शाहरुखको यो पुरानै शैली हो । हरेक जन्मदिनमा उनको निवास ‘मन्नत’बाहिर यस्तै दृष्य देखिने गर्छ । मुस्लिम पर्व रमजानको बेलामा पनि उनी यसैगरी बाहिर निस्किन्छन् ।

यो जन्मदिन शाहरुखको लागि विशेष हुनेछ, किनकी उनको आगामी फिल्म ‘जिरो’ को ट्रेलर आजै रिलिज गर्ने तयारी छ । यसका लागि भव्य कार्यक्रम राखिएको छ । यो फिल्ममा साहरुखले एउटा पुड्को व्यक्तिको भूमिका निभाएका छन् । फिल्ममा साहरुखका साथ अनुष्का शर्मा र कैटरिना कैफ पनि छन् ।

बलिउडका सर्वाधिक सफल अभिनेताहरुको सुचीमा पर्छन् शाहरुख । उनको फ्यान फलोइङ ठूलो छ । यद्यपि, पछिल्ला केही वर्षमा उनको स्थिति केही खस्एिको छ । शाहरुखका पछिल्ला फिल्महरुले खासै कमाल गर्न सकेका छैनन् । त्यसैले उनलाई जिरोबाट ठूलो आशा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment