मधुमेह, जसले अहिले धेरैलाई भयाभित बनाइरहेको छ । मधुमेह आफैमा यस्तो समस्या हो, जसले शरीरमा अन्य समस्याहरु पैदा गरिदिन्छ । तथ्यांकले भन्छ, पछिल्लो समय मधुमेहको रोगी बढ्दैछ ।
मधुमेह भन्नसाथ बुढापाकाको रोग भनिन्थ्यो । ६०/७० बर्ष पार गरेका बुढापाकालाई यसले दुख दिन्थ्यो । तर, अब यो अतितको कुरा भएको छ । वर्तमान यसले युवा, किशोर र बालबालिकालाई समेत सताउन थालेको छ । र, यसको खास कारण बनेको छ हाम्रै जीवनशैली ।
खराब दिनचर्या र खराब खानपान नै मधुमेहको जड बन्दैछ ।
जुन कुरा समस्या बन्छ, समधान पनि त्यही खोज्ने हो । जस्तो कि, मधुमेहको समस्या खराब जीवनशैलीबाट भएको छ । त्यसैले जीवनशैलीमा सुधार गर्नु नै यसको जोखिमबाट बच्नु हो । तर, मधुमेहले गाँजिसकेको छ भने के गर्ने ? यसको पनि उपाय छ ।
१. व्यायाम दैनिकीको हिस्सा बनाउने
व्यायाम गर्नाले शरीरमा रक्तप्रवाह राम्रो हुन्छ र रगतमा चिनीको मात्रा पनि नियन्त्रण हुन्छ । नियमित व्यायामको नतिजा, उच्च मेटाबोलिज्म र मधुमेहको कम खतरा हुन्छ ।
२. गुलियोलाई बार्इबार्इ भन्ने
तपाईं मधुमेहलाई नियन्त्रण गर्न चाहनुहुन्छ भने चिनी, सख्खर, र चिनीयुक्त कोल्ड डि्रङ्क्स आदि कम खानुहोस् । यसले रगतमा चिनीको स्तर बिल्कुल नियन्त्रणमा राख्छ । धेरै गुलियो चीज र पेयपदार्थहरुको सेवनले इन्सुलिनको लेभललाई बढाउँछ ।
३.फाइबरलाई हरेक छाकमा सामेल गर्ने
रगतमा सुगरलाई सोस्न फाइबरको महत्वपूर्ण योगदान हुन्छ । यसैले तपाईंले खानामा गँहु, ब्राउन राइस आदि खानुपर्छ जसले शरीरमा ब्लड सुगर लेभल नियन्त्रणमा राख्छ र यसबाट मधुमेहको जोखिम कम हुन्छ ।
४. ताजा फलफूल र सब्जी आफ्नो मेनुमा राख्ने
फलफूलमा प्राकृतिक चिनीको मिश्रण हुन्छ र यसले शरीरलाई हरेक किसिमको पोषण दिन्छ । ताजा फलफूलमा भिटामिन ए र सी हुन्छ जसले रगत र हड्डीलाई सही राख्छ । यसबाहेक जिंक, पोटासियम, आइरन पनि राम्रो मात्रामा पाइन्छ ।
त्यस्तै पालुंगो, बन्दा, करेला, लौका आदी तरकारीहरु पनि मधुमेहका बिरामीको लागि स्वास्थ्यबर्द्धक हुन्छ । यस्ता हरिया सब्जीहरुमा कम क्यालोरी हुन्छ भने भिटामिन सी, बेटा क्यारोटिन र म्याग्नेसियम जस्ता पदार्थ धेरै हुन्छ जसले मधुमेह ठिक हुन्छ ।
५. ग्रीन टिले जिब्रोलाई लोभ्याउने
दैनिक चिनी बिनाको ग्रीन टि पिउनुहोस् किनभने यसमा प्रचुर मात्रामा एन्टी अक्सिडेन्ट हुन्छ । जसले शरीरमा फ्रि रेडिकल्ससँग लडाईं गर्छ र ब्लड सुगर लेभललाई एकै स्तरमा राख्छ ।
६. आशिंक कफी पिए हुन्छ
धेरै क्याफिन लिनाले मुटु रोगको समस्या हुन सक्छ तर, यदि सीमित मात्रामा कफी पिउने हो भने यसले धेरै हदसम्म ब्लड सुगर लेभललाई मेन्टेन गर्न सक्छ ।
७. थोरै -थोरै धेरै पटक खाने
हामी नेपालीहरुको लामो समयसम्म नखाइकन एकैचोटी धेरै खाना खाने बानी हुन्छ, तर यो राम्रो बानी होइन । थोरै थोरै समयमा खाना नखाने बानीले हाइपोग्लाईसेमिया हुने सम्भावना धेरै बढ्छ जसले सुगर ७० भन्दा पनि कम हुन्छ ।
त्यसैले लगभग हरेक घन्टामा खाना खाने गर्नुहोस् । दिनभरमा तीनपटक खाना खानुको सट्टा थोरै थोरै छ सात पटक खानुहोस् ।
८. चिनी होइन, दालचिनी
अध्ययनहरुका अनुसार दालचिनीले शरीरको सुन्निने समस्या कम गर्छ तथा इन्सुलिन लेभललाई नियन्त्रित गर्छ । त्यसैले यसलाई खाना, चिया वा फेरि तातो पानीमा एक चुट्की दालचिनी पाउडर मिसाएर पिउनुहोस् ।
९. तनावलार्इ घटाउने
अक्सिटोसिन र सेरोटिन दुवैले नशाको कार्यक्षमतामा असर गर्छ । तनावको समय जब एडि्रनलिन लिक हुन्छ त्यतिखेर यो खलबलिन्छ जसले डायबिटिजको उच्च जोखिम पैदा हुन्छ ।
१०. उच्च प्रोटिन डाइट
जो मानिस ननभेज खान्छन् उनीहरुले आफ्नो खानामा प्रोटिनयुक्त लिन मिट समावेश गर्नुपर्छ । उच्च प्रोटिन युक्त खाना खाएमा शरीरमा तागत बढ्छ । किनभने मधुमेहका रोगीहरुलाई कार्बोहाइड्रेट र उच्च फ्याटबाट टाढा रहने सल्लाह दिइन्छ ।
११. फास्टफुडबाट टाढा रहने
धेरै मात्रामा जंक फुड खानाले शरीरको हालत नराम्रो हुन्छ । यसमा धेरै नुन हुने मात्रै होइन चिनी र तेलको रुपमा अत्यधिक कार्बोहाइड्रेट हुन्छ । यसले तपाईंको ब्लड सुगर लेभललाई बढाउाछ ।
१२. नुनमा रोक
नुनको सही सीमाले तपाईंलाई मधुमेह नियन्त्रण गर्नमा मद्धत गर्छ । धेरै नुन खाने गर्नाले शरीररमा हार्मोनल विसंगतिहरुको खतरा पैदा हुन्छ । यो बाहेक धेरै नुन सेवन गर्नाले टाइप २ मधुमेह बढ्ने खतरा पनि हुन्छ ।
१३. धेरै पानी पिउनुहोस्
पानीले रगतमा बढेको सुगरलाई एकत्रित गर्छ त्यसैकारण एक वयस्क मानिसले दैनिक २ देखि ३ लिटरसम्म पानी पिउनुपर्छ । यसले तपाईंलाई मुटुरोग हुँदैन र मधुमेह पनि हुँदैन ।
१४. कागतीको रस
रगतमा एकाग्र सुगरलाई कागतीले आफ्नो साथमा घोलेर हल्का गर्छ । अध्ययनमा बताइएको छ कि भोजन गर्नभन्दा पहिले दुई चम्चा कागतीको रस लिनाले ग्लुकोजको फ्लो कम हुन्छ ।
१५. सोया
मधुमेहलाई कम गर्नको लागि सोया जन्य पदार्थको सेवनले जादुमयी असर देखाउँछ । यसमा रहने इसोफ्लावोन्सले सुगर लेभललाई कम गरेर शरीरलाई पोषण पुर्याउँछ ।
प्रतिक्रिया 4