+
+
Shares

रोग पहिचान नभएपछि मुख्यमन्त्री राई उपचारका लागि थाइल्याण्ड प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १६ गते १७:२८

१६ कात्तिक, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई स्वास्थ्य उपचारका लागि शुक्रबार थाइल्याण्ड प्रस्थान गरेका छन् ।

उनी नेपाल वायु सेवा निगमको जहाजबाट उपचारका लागि दिउँसो २ बजे थाइल्याण्ड प्रस्थान गरेका हुन् । उनले निजी खर्चमा नै उपचार गर्न त्यसतर्फ गएको बताएका छन् ।

२ वर्षदेखि घाँटीको समस्याबाट पीडित मुख्यमन्त्री राईले स्वदेशका वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, ग्राण्डी र नेपाल मेडासिटी अस्पतालमा उपचार गराउँदा पनि रोग पत्ता लाग्न नसकेपछि थाइल्याण्ड गएका हुन् ।

उनले थाइल्याण्डको राजधानी बैंकक स्थित बुम्रुनग्राड इन्टरनेशनल हस्पिटलमा स्वास्थ्य उपचार गराउनेछन् ।

त्यहाँ उपचार पश्चात मुख्यमन्त्री राई आगामी कात्तिक २४ गते स्वदेश र्फकने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ ।

प्रदेश १ सरकारको मन्त्रिपरिषदको बैठकले मुख्यमन्त्री राईको उपचारका लागि थाइल्याण्ड जान स्वीकृत गरेको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?