+
+
Shares

शाहरुखको ‘जिरो’ को ट्रेलर : अनुष्का ह्वीलचेयरमा

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १६ गते १७:५२

बलिउड अभिनेता शाहरुख खानको आगामी फिल्म ‘जिरो’ को ट्रेलर सार्वजनिक गरिएको छ । यो फिल्ममा शाहरुखले एक पुड्को व्यक्ति बउवा सिंहको भूमिका निर्वाह गरेका छन् ।

कद होचो भए पनि बउवाले सपना ठूलो देख्छ । कथामा उसको दुई महिलाहरुसँग सम्वन्ध हुन्छ । पहिले अनुष्का शर्मा र पछि कटि्रना कैफ । फिल्ममा अनुष्कालाई अपांग र सुस्त मनस्थितिको देखाइएको छ । तर, बउवा भने मोर्डन युवती कटि्रनालाई ताक्न पुग्छ । तर, कटि्रनाले उसलाई हेप्छिन् ।

यसरी फिल्म त्रिकोणात्मक प्रेमकथामा बुनिएको देखिन्छ । यद्यपि, परम्परागत त्रिकोणात्मक प्रेमकथाका फिल्मभन्दा यो पृथक हुन सक्छ । ट्रेलरमा कमेडी संवादहरु पनि छन् ।

आनन्द एल रायले निर्देशन गरेको यो फिल्म शाहरुखका लागि निकै महत्वपूर्ण छ, किनकी उनका पछिल्ला केही फिल्मले खासै सफलता पाउन सकेका थिएनन् । फिल्म आगामी २१ डिसेम्बरमा रिलिज हुनेछ ।

हेर्नुहोस् ट्रेलर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?