Comments Add Comment

पीपीएलः बिराटनगरले चितवनलाई दियो १४६ रनको लक्ष्य (लाइभ)

१७ कात्तिक, काठमाडौं । पोखरा प्रिमियर लिग अन्तरगतको खेलमा बिराटनगर टाइटन्सले चितवन राइनोजलाई १४६ रनको लक्ष्य दिएको छ । निकै राम्रो सुरुआत गरेको बिराटनगरले फिनिसिङ भने उत्कृष्ट ढंगबाट गर्न सकेन ।

टस जितोर ब्याटिङ रोजेको बिराटनगरले खेलको पुरै २० ओभरमा ५ विकेट गुमाएर १४५ रन मात्रै बनाउन सक्यो ।

बिराटनगरका लागि मोहम्मद जाहिद आलमले ५१ रन बनाए भने सुनिल धमालाले रन । प्रदीप ऐरि र पुष्प थापाले ११ रन बनाए भने अन्य ब्याट्स म्यानले दोहोरो अंक जोड्न सकेनन् ।

एसके पटेल र पारस खड्काले विराटनगरेको २/२ विकेट लिए । करन केसीले एक विकेट लिए ।

पोखरा प्रिमियर लिग अन्तर्गत समूह चरणकाे अाफ्नाे अन्तिम खेलमा हुलास काठमाडौं रोयल्सलाई ४ विकेटले पराजित गर्दै पोखरा पल्टन पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेट प्रतियोगिताकाे दाेस्राे चरणमा प्रवेश गरेकाे छ ।
लाइभ हेर्नुस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment