Comments Add Comment

पीपीएल फाइनलमा पुग्न काठमाडौंले चितवनलाई दियो ९५ रनको लक्ष्य

१८ कात्तिक, काठमाडौं । पोखरा पि्रमियर लिगको फाइनल प्रवेशका लागि काठमाडौं रोयल्सले चितवन राइनोज्लाई ९५ रनको सामान्य लक्ष्य दिएको छ ।

चितवनले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभर सकिन ३ बल बाँकी छदा सबै विकेटको क्षतिमा ९४ रन मात्र बनाउन सक्यो । काठमाडौं सस्तैमा समेटिएपछि चितवनले सामान्य चुनौति पाएको हो । काठमाडौंका कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले ३० रन बनाए । तर उनले ३५ बलमा सामाना गरेर २ चौका प्रहार गरेका थिए । त्यस्तै, जयकृशन कोल्सवालाले २५ रन बनाए । उनले ३७ बलको सामाना गर्दै २ चौका प्रहार गरेका थिए । कप्तान ज्ञानेन्द्र र कोल्सवालाबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

बलिङतर्फ सुन्नी पटेलले ३ विकेट लिए । उनले ४ ओभरमा मात्र ९ रन खर्चेर उत्कृष्ट बलिङ गरे । त्यस्तै, स्मित पटेल र भुवन कार्कीले समान २-२ विकेट लिए ।

लिगको शीर्ष स्थानमा रहदै पोखरा पल्टनभने फाइनलमा प्रवेश गरिसकेको छ । फाइनल खेल मंगलबार हुदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment