Comments Add Comment

धर्म प्रचार गर्दै हिँडेका दुई विदेशीसहित चार जना पक्राउ

१८ कात्तिक, बुटवल । सुकुम्बासी वस्तीमा इसाइ धर्म प्रचार गर्दै हिँडेको अभियोगमा प्रहरीले दुई विदेशीसहित चार जनालाई बुटवलको मोतीपुर क्षेत्रबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा जापानी नागरिक ४९ बर्षीय यासुको ओवा र ४५ बर्षीय मारी इक्युरा, गोरखा बारपाक घर भई हाल बुटवल ९ सुख्खानगर बस्ने ३५ बर्षीया तीर्थमाया घले, रुपन्देही तिलोत्तमा नगरपालीका नयाँ मिल बस्ने २५ बर्षीया पुष्पा घिमिरे रहेका छन् ।

बुटवल १७ मोतीपुर क्षेत्रको सुकुम्बासी वस्तीका गरीब परिवारमा इसाइ धर्म प्रचार गरिरहेको अवस्थामा स्थानीय वासिन्दाले खबर गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले धर्मको प्रचार सामाग्रीसमेत बरामद गरेको छ ।

हिन्दू धर्म वाहियात हो, मठ मन्दिर सैतानको घर हो भन्दै इसाइ धर्मको प्रचार गरेको देखेपछि आफुहरुले प्रहरीलाई खबर गरेको स्थानीय रबी पौडेलले बताए । उनीहरुमाथि अनुसन्धान भइरहेको वडाप्रहरी कार्यालय बुटवल रामनगरका प्रमुख, प्रहरी निरीक्षक हेमबहादुर केसीले जानकारी दिए ।

उनीहरु सहित धर्म प्रचार गर्ने समूहमा १०/१२ जना रहेको स्थानीय वासिन्दाको दाबी छ । धर्म परिवर्तन गराउने कार्यमा संलग्न अन्य समूहको बारेमा पनि आवस्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment