निर्देशक दिनेश राउत गहकिलो बिषयमा चलचित्र निर्देशन गर्न सिपालु छन् । उनले निर्देशन गरेको नयाँ चलचित्र ‘प्रसाद’ पनि यस्तै एक गम्भिर बिषयमा तयार भएको छ । चलचित्रको ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा नायिक नम्रता श्रेष्ठ र नायक विपिन कार्की श्रीमान्-श्रीमतिको भूमिकामा छन् । तर, उनीहरुको सन्तान नहुँदा भोग्नु परेको पीडालाई चलचित्रले देखाउन खोजेको छ ।
चलचित्रमा कलाकार निश्चल बस्नेत पनि मुख्य भूमिकामा छन् । निश्चलले भने सन्तान नभएको पीडामा बसेका दम्पत्तीको विचमा चलखेल गरेको देखिन्छ ।
दिनेश राउतको निर्देशनमा तयार भएको यो चलचित्रलाई सुशिल पौडेलले लेखेका हुन् । चलचित्रमा राजेश श्रेष्ठको छायांकन, कोशिश क्षेत्रीको संगीत छ । मंसिरको २१ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4