+
+
Shares

तिहारपछि कुखुरा नपाल्ने कास्कीका कुखुरा पालक किसानको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १८ गते १८:५५

१८ कात्तिक, पोखरा । कास्कीका कुखुरा पालक किसानले तिहारपछि कुखुरा नपाल्ने चेतावनी दिएका छन् ।

कास्की कुखुरा पालक किसानले कुखुराको मूल्य उचित नदिएको, कास्की बाहिरका कुखुरा ल्याएर बेचेको, कुखुरा पालक किसान भन्दा बिचौलियाले फाइदा लिएको तथा कुखुरा सप्लायर्सले समयमै कुखुरा नपालेको भन्दै तिहारपछि कुखुरा नपाल्ने चेतावनी दिएका हुन् ।

कुखुरा पालक किसान समूह जिल्ला समिति कास्कीका सचिव बाबुराम पौडेलले कुखुराको उचित मूल्य नदिए तिहारपछि कुखुरा नपाल्ने चेतावनी दिए । उनले भने,’घाटा खाएर कुखुरा पाल्न सक्दैनौं, तिहार पछि पनि कुखुराको उचित मूल्य दिएनन् भने हामी कुखरा पाल्न छाडिदिन्छौं ।’

समूहका अध्यक्ष यज्ञप्रसाद गुरुङले पनि बिचौलियाका कारण आफूहरु ठगिने क्रम नरोकिए तिहारपछि कुखुरा पाल्न छाडेर दवाब दिने बताए । उनले भने,’कुखुरा पालक किसान भन्दा बिचौलिया पोसिए, यस्तै अवस्था रहिरहे कुखुरा पाल्नु बेकार हो, हामी उचित मूल्य निर्धारणका लागि दवाब दिन केही समय कुखुरा पाल्दैनौं ।’

यसैबिच नेपाल कुखुरा पालक किसान समूह जिल्ला समिति कास्कीले कुखुराको मूल्य निर्धारण गर्न माग गरेको छ । समितिको शनिबार साँझ सम्पन्न बैठकले जिउँदो कुखुराको मूल्य तोक्न माग गरेको हो ।

साथै समितिले जिउँदो कुखुराको मूल्य स्वचालित रुपमा घटबढ हुने ब्यबस्था गर्नपनि माग गरेको छ । त्यस्तै किसानको खोरबाट सप्लायर्सले कुखुरा लैजाँदा एकतर्फी रुपमा मूल्य घटाउने गरेको भन्दै त्यस्ता कार्यपनि बन्द गर्न आग्रह गरेको छ ।

समूहले कास्की बाहिरका कुखुरा ल्याएर कस्केली किसानलाई मारमा पारेको भन्दै कास्कीमा उत्पादित कुखुरालाई प्राथमिकता दिन आग्रह गरेको छ । समूहले सस्तोको नाममा कास्की बाहिरबाट विरामी कुखुरा ल्याउने गरेको भन्द कुखुराको स्वास्थ्य परीक्षण गर्ने ब्यबस्था गरेर त्यस्ता सप्लायर्सलाई कार्वाही गर्नुपर्ने, जिल्ला बाहिरका कुखुरा ल्याउने तर कास्कीका कुखुरा ६० दिन पूरा भइसक्दा पनि नउठाउँदा किसान घाटामा गएको भन्दै ४५ दिनदेखि ५५ दिन भित्र कुखुरा उठाउने बाध्यकारी ब्यबस्था गर्नपनि माग गरेको छ ।

यसैगरी समूहले हृयाचरीले रोगी चल्ला वितरण भएको भन्दै त्यस्ता कार्य बन्द गराउन, चल्लाको बिक्री दर तोक्न, दानामा आवश्यक बस्तुको परिमाण ठीक नभएकाले त्यसको परीक्षण गरी त्यस्तालाई कार्वाही गर्नुपर्ने, दानाको तौल भए अनुसारको प्रिन्ट र मूल्य लेखिनुपर्ने माग गरेको छ ।

साथै समूहले कुखुरा विरामी हुँदा मूल्य नलेखिएको औषधी बिक्री वितरण भइरहेको भन्दै त्यसको अनुगमन गरी औषधीको अधिकतम मूल्य राखिएको औषधि मात्र बिक्री वितरण गर्ने ब्यबस्था हुनुपर्ने माग गरेको सचिव बाबुराम पौडेलले जानकारी दिए । उनले माग पूरा नभए आन्दोलन गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?