Comments Add Comment

मेस्सी फिट नहुँदै च्याम्पियन्स लिग टिममा

१८ कात्तिक, काठमाडौं । स्पेनिस क्लब बार्सिलोनका स्टार स्ट्राइकर लियोनल मेस्सी चोटका बावजुद पनि च्याम्पियन्स लिगका लागि टोलीमा परेका छन् ।

च्याम्पियन्स लिगमा बार्सिलोनाले आउँदो मंगलबार राति पौने २ बजे इटालियन क्लब इन्टर मिलानसँग खेल्दै छ ।

ला लिगाको सेभिल्लाविरुद्धको खेलमा हातमा लागेको चोटका कारण मेस्सी अहिले आराममा छन् । सामान्य अभ्यासमा सहभागी हुन थालेपनि उनी पूर्ण ठीक नहुँदै टोलीमा परेका हुन् ।

बार्सिलोनाका प्रशिक्षक एर्नेस्टो भालभर्देले पनि मेस्सी इन्टरविरुद्धको खेलअघि नै ठीक हुने विश्वास गरेका छन् ।

‘मलाई लाग्छ, मेस्सी भएमा हामीलाई सहज हुने छ । अब उनले अभ्यासमा कति गर्न सक्छन् । खेल्न सक्ने भए हामी उनलाई खेलाउँछौं’ उनले भने ।

गएको हप्ता बार्सिलोनाले घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा मेस्सीबिना पनि इन्टर मिलानलाई २-० ले हराएको थियो ।
यो सिजन च्याम्पियन्स लिगमा अपराजित रहेको बार्सिलोनाले इन्टरलाई हराउन सके समूह विजेता बन्दै अघिल्लो चरण सुरक्षित गर्ने छ ।

को को छन् टोलीमा ?

टेर स्टेगेन, सेमेडो, पिके, र्‍याकिटिक, बुस्केट्स, डेनिस स्वारेज, कोउटिन्हो, आर्थर, स्वारेज, मेस्सी, डेम्बेले, राफिन्हा, चिलेसेन, मालकोम, लेङ्लेट, जोर्डी अल्बा, मुनिर, सर्जि रोबर्टो, भिडाल, एलेना, इनाकी पेना, चुमी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment