+
+
Shares

कांग्रेस केन्द्रीय समिति बैठक मंगलबार

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १९ गते १०:३९

१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको बैठक मंगलबारका लागि बोलाएको छ ।

मंसिर ५ देखि ९ गतेसम्मका लागि तय महासमिति बैठक दुई हप्ताका लागि सार्ने चर्चा चलिरहेका बेला कांग्रेसले बैठक आह्वान गरेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार मध्याह्न १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाइएको अनलाइनखबरलाई जानकारी दिए ।

विधान संशोधनको मस्यौदामा छलफल गर्ने समय अपुग भएकाले मंसिर २० पछि बैठक बोलाउनु पर्ने मत कतिपय नेताले राखेका छन् । मंगलबारको बैठकले यसबारे निर्णय गर्ने नेताहरुले बताएका छन् ।

तर, कांग्रेसका एकथरी नेताहरूले भने महासमिति बैठक बोलाउने कुरामा आशंका व्यक्त गर्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?