+
+
Shares

आयुष्मानको ‘बधाई हो’ ले कमायो सय करोड

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १९ गते १२:२०

बलिउडमा यो बर्ष बिषयवस्तु बलियो भएका चलचित्रले व्यापार राम्रो गरिरहेका छन् । यो बर्ष रिलिज भएका धेरै चलचित्रको व्यापार अपत्यारिलो यसैले पनि भएको देखिन्छ ।

यो बर्ष रिलिज भएको सानो बजेटको चलचित्र ‘बधाई हो’ले भारतीय बक्स अफिसमा सेन्चुरी मारेको छ । आयुष्मान खुरानाको मुख्य भूमिका रहेको चलचित्र ‘बधाई हो’ले भारतीय बक्स अफिसमा रिलिजको सत्रौ दिनमा १ सय करोडको आँकडा छोएको हो । योसँगै यो बर्ष बलिउडमा सय करोड कमाउने चलचित्रको संख्या १० पुगेको छ ।

आयुष्मानको भूमिकालाई लिएर पनि खुबै प्रशंसा भैरहेको छ । बलिउडमा आयुष्मानको उदय भएको चर्चा समेत हुन थालेको छ । यसअघि चलचित्र ‘स्त्री’ले पनि अपत्यारिलो रुपमा सय करोडको आँकडा पार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?