Comments Add Comment

मकवानपुरमा १२ दिनभित्र ८ जना हराए

१९ कात्तिक, हेटौंडा । पछिल्लो समय मकवानपुरबाट मानिस हराउने क्रम अत्याधिक बढेको छ ।

कात्तिक महिनाको ५ गतेबाट हालसम्म ८ जना मानिस हराएको भन्दै खोजी गरिदिन प्रहरीमा निवेदन परेको छ । प्रहरीका अनुसार कात्तिक ५ देखि १२ दिनको अवधिमा ८ जना हराइसकेका छन् । जसमा ४ महिला र ४ पुरुष रहेका छन् ।

उनीहरु के कारणले वेपत्ता भएको हुन भन्ने विषय अहिलेसम्म खुलेको छैन तर दिनदिनै मानिसहरु वेपत्ता हुन लागेपछि मकवानपुरवासीमा भने त्रास फैलिएको छ ।

कात्तिक ५ गते हेटौंडा उपमहानगरपालिका ४ मा रहेको मानव सेवा आश्रममा रहेकी ३० वर्षकी विष्णुमाया तामाङ वेपत्ता भइन् । आश्रमबाट निस्केकी उनी पुन सम्पर्कमा नआएपछि आश्रमले प्रहरीमा विष्णुमाया हराएको जानकारी दिएको थियो ।

कात्तिक ७ गते हेटौंडा ९ का केशव कर्की, कात्तिक ८ गते हेटौंडा ५ का ३० वर्षका ज्ञानेन्द्रकुमार फुँयाल, कात्तिक १० गते हेटौंडा १० मा रहेको एक होटलमा काम गर्ने २१ वर्षका कृष्णकुमार गौतम, कात्तिक ११ गते भीमफेदी गाउँपालिका १ कि २१ वर्षकी जमुना जिम्वा, कात्तिक १५ गते हेटौंडा ८ कि १५ वर्षकी सुजिता देउला तथा कात्तिक १६ गते हेटौंडा १४ का वद्रीप्रसाद अधिकारी हराएको प्रहरीमा निवेदन परेको छ ।

हराएकामध्ये केही व्यक्तिहरु फेला परिसकेको र आफन्तको जिम्मा लगाउने प्रक्रियामा रहेको मकवानपुरका प्रहरी प्रमुख एसपी बुद्धिराज गुरुङले बताए । बेपत्ता हुनेमा केही व्यक्ति विवाह गर्नको लागि भागेको तथा केही घरयासी तनावको कारण हराएको हुनसक्ने प्रहरीको आकंलन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment