Comments Add Comment

केआईसिंह गाउँपालिकाले सञ्चालन गर्‍यो सुपथ मूल्य पसल

१९ कात्तिक, डोटी । तिहारको अवसरमा यहाँको केआईसिंह गाउँपालिको सुपथ मूल्य पसल सञ्चालन गरेको छ । सस्तो मूल्यमा चिनी र नुन उपलव्ध गराउने उद्देश्यका साथ गाउँपालिकामा सपल सञ्चालनमा ल्याएको हो ।

गाउँपालिकाका पाँच स्थानमा सञ्चालन भएका सुपथ मुख्य पसलहरुबाट प्रति परिवार पाँच किलो चिनी र तीन किलो नुन सुपथ मुख्यमा उपलव्ध गराइने भएको छ ।

चिनी प्रतिकिलो ६० रुपैयाँ र नुन प्रतिकिलो ८ रुपैयाँमा गाउँपालिकावासीहरुलाई उपलव्ध गराउने गरी पसलहरु स्थापना गरिएको गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले जानकारी दिए । ‘चाँड पर्वको समयमा सर्वसाधारणले सस्तो मुख्यमा उपभोग्य बस्तु पाउन भन्नका लागि हामीले सुपथ मुख्य पसल सञ्चालन गरेका हौं’ सोमवार वडा नं. ४ मा स्थापना भएको सुपथ मुख्य पसलको उद्घाटन गर्दै शाहीले भने, ‘यि पसलहरु कात्तिक २७ गतेसम्म सञ्चालन हुनेछन् ।’

गाउँपालिकाले सुपथ मुख्य पसलका लागि ७ लाख रुपैयाँ बिनियोजन गरेको शाहीले जानकारी दिए । गाउँपालिकाभित्र रहेका करिब चार हजार तीन सय परिवारलाई लक्षित गरी पसलहरु सञ्चालनमा ल्याइएका छन् । पसलहरु सञ्चालन गर्नका लागि स्थानीय सहकारी संस्थाहरुलाई जिम्मा दिएको शाही बताउँछन् ।

वडा नं. १ र २ का लागि तिखात्तर, वडा नं. ३ का लागि बासुदेवी, वडा नं. ४ का लागि वायल, वडा नं. ५ का लागि रानागाउँ र वडा नं. ६ र ७ का लागि भूमिराजमाण्डौंमा पसल स्थापना गरिएको शाहीले जानकारी दिए ।

शाहीका अनुसार तिखात्तरमा सन्तोषी बचत तथा ऋण सहकारी संस्था, बासुदेवीमा गोदावरी बचत तथा ऋण सहकारी संस्था, दुर्गामाण्डौं महिला ऋण तथा बचत सहकारी संस्था, रानागाउँमा ईनोभेटिभ बचत तथा सहकारी संस्था र भूमिराजमाण्डौंमा नव बिहानी बचत तथा ऋण सहकारी संस्थाले पसल सञ्चालनको जिम्मेवारी पाएका छन् ।

गाउँपालिकाले दुई सय १५ टन चिनी र एक सय २९ टन नुन खरीद गरी सहकारी संस्थाहरुलाई उपलव्ध गराएको छ । ती सहकारी संस्थाहरुले सुपथ मुख्य पसलबाट सामग्री बिक्री गरिदिए वाफत प्रतिकिलो पाँच रुपैयाँ अनुदान पाउने गाउँपालिकाले जनाएकाको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment