Comments Add Comment

३ अर्ब ४७ करोडको ट्रेजरी बिल आज

२० कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ अर्ब ४७ करोड रुपैयाँको ट्रेजरी बिल आज जारी गर्ने भएको छ । ट्रेजरी बिल जारी गर्नका लागि राष्ट्र बैंकले सोमबार मध्याह्न २ बजेसम्म बोलकबोलमा सहभागी हुन सार्वजनिक सूचना प्रकाशित गरेको थियो ।

९१ दिनका लागि १ अर्ब ९१ करोड रुपैयाँ र ३ सय ६४ दिनका लागि १ अर्ब ५६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने राष्ट्र बैंकले जनाएको छ । ९१ दिने ट्रेजरी बिल आगामी माघ २२ गते परिपक्व हुनेछ भने ३ सय ६५ दिने ट्रेजरी २०७६ कात्तिक १९ गते परिपक्व हुनेछ ।

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।

यसअघि गत १३ गतेमात्रै राष्ट्र बैंकले ४ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गरेको थियो । ९१ दिन अवधिको लागि २ अर्ब रुपैयाँको र ३ सय ६४ दिनका लागि २ अर्ब रुपैयाँको गरी ४ अर्ब रुपैयाँको ट्रेजरी विल गत १३ गते राष्ट्र बैंकले जारी गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment