Comments Add Comment

आर्थिक वृद्धिको लक्ष्य भेट्न नसकिने अर्थमन्त्रीको स्वीकारोक्ति

२० कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको लागि लिइएको आर्थिक वृद्धिको लक्ष्य भेट्न नसकिने अर्थमन्त्रीले नै स्वीकार गरेका छन् । नेपाल स्टक एक्सचेञ्जले मंगलबारदेखि शुरु गरेको पूर्ण अनलाइन कारोबारको उद्घाटन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य भेट्न मुस्किल पर्ने स्वीकार गरेका हुन् ।

सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि ८ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको छ । तर, र्अमन्त्री खतिवडाले सार्वजनिक कार्यक्रममा नै आँफैले लिएको लक्ष्य भेट्टाउन नसकिने बताए ।  तटष्थ रुपमा विश्लेषण गर्ने केहि संस्थाहरुले समेत ६ प्रतिशत भन्दा बढी आर्थिक वृद्धि हुने बताएको भन्दै उनले ८ प्रतिशतको लक्ष्य भेट्न मुस्किल पर्ने बताए ।

‘हाम्रो अनुमान त ८ प्रतिशत हो तर, हामी भन्दा बाहिरका तटष्थ अध्ययन गर्नेहरुले ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिलाई स्वीकारेका छन्’, कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले भने, ‘ ६ देखि ८ प्रतिशतको बिचको आर्थिक वृद्धिमा हामी सेटल हुन्छौं ।’

औद्योगिक क्षमता तथा बैंकिङ क्षेत्रको मूनाफाको अवस्था राम्रो भएकाले मुलुकको अर्थतन्त्रमा राम्रै असर गर्ने उनको भनाइ थियो । सेयर लगानीकर्ताहरुलाई नबुझीकन सेयरमा लगानी नगर्न समेत अर्थमन्त्री खतिवडाले आग्रह गरे ।

सेयर बजारको बारेमा ज्ञान नभई लगानी गर्न नहुने भन्दै उनले कम्पनीको प्रोफाइल हेरेर तथा वित्तीय विश्लेषण गरेरमात्रै लगानी गर्न आग्रह समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment