Comments Add Comment

अब विदेश जाँदा १५ सय डलरमात्रै साट्न पाइने

२० कात्तिक, काठमाडौं । अब विदेश जान भिसा लागेका नेपालीले प्रतिव्यक्ति १ हजार ५ सय अमेरिकी डलर मात्र सटही सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको परिपत्रअनुसार विगतकोभन्दा सटही सुविभा घटाइएको छ ।

प्रयोजन नखुल्दा पनि धेरै रकम लिएर विदेश जाने क्रम बढेपछि राष्ट्र बैंकले नयाँ नियम ल्याएको हो । यसअघि प्रतिपटक राहदानीबापत २ हजार ५ सय अमेरिकी डलर वा सो बराबर अन्य परिवत्र्य विदेशी मुद्रा सटही गरेर लैजाने सुविधा दिएको थियो । यो नियम भारतबाहेककका मुलुक जानेहरुका हकमा मात्रै लागू हुनेछ ।

यस्तै अब विदेश जाँदा प्रयोग गरिने टेलिग्राफिक ट्रान्सफर (टीटी) को सीमा पनि घटेको छ । अब एक पटकमा ३० हजार अमेरिकी डलर टीटी कायम भएको छ । यसअघि प्रतिपटक ४० हजार अमेरिकी डलर राखिएको थियो ।

राष्ट्र बैंकले विदेशबाट वाणिज्य बैंकले ल्याउन सक्ने ऋणको सीमा पनि विस्तार गरेको छ । अब आफ्नो पुँजीको ५० प्रतिशतसम्म ऋण ल्याउन बैंकलाई बाटो खुलेको छ । अहिलेसम्म पुँजीको २५ प्रतिशतसम्म मात्र ऋण ल्याउन पाउँथे बैंकले ।

सरकारले बैंकिङ क्षत्रेमा तरलता व्यवस्थापन गर्न र देशभित्र वैदेशिक पुँजी परिचालनको वातावरण बनाउन यस्तो व्यवस्था गरेको हो ।

‘नवीकरणीय ऊर्जा (जलविद्युत्, सौर्य ऊर्जा र वायु ऊर्जा) उत्पादन तथा प्रसारण लाइन, सडक, सुरुङमार्ग, विमानस्थल, केबलकार, पुलजस्ता भौतिक पूर्वाधार (हाउजिङ, जग्गा विकासजस्ता रियल स्टेटको क्षेत्रबाहेक), विदेशी मुद्रा आर्जन गर्ने पर्यटन, कृषि, लघु वित्त क्षेत्रमा कर्जा प्रवाह गर्ने प्रयोजनका लागि वित्तीय साधनको प्रबन्ध गर्न विदेशी बैंक तथा वित्तीय संस्थाबाट आˆनो प्राथमिक पुँजीको ५० प्रतिशत रकमसम्म परिवत्र्य विदेशी मुद्रामा ऋण बैंकले लिन सक्छन्,’ परिपत्रमा तोकिएको छ ।

बैंकहरूले एजेन्ट प्रयोग गरेर विदेशबाट ऋण पनि ल्याउन पाउने भएका छन् । यसअघि यस्तो व्यवस्था थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment