Comments Add Comment

अनौठो पर्व, जसमा हुन्छ दुई गाउँका महिलाबीच भनाभन

तपाईं हामीले अनेक खालका मेलापर्व देखेका छौं । कतिपय मेलापर्व यस्ता हुन्छन् कि ती मेला पर्वमा गरिने क्रियाकलाप तथा निभाइने संस्कारहरु सुन्दैमा अनौठो लाग्दछ ।

भारतको काशीप्रयागको मध्य भागमा अवस्थित भदोही जिल्लामा एउटा यस्तै अनौठो पर्व मनाइन्छ । उक्त पर्वलाई कजली पर्व भनिन्छ । उक्त पर्वका अवसरमा रोचक मेलाको आयोजना हुनछ । सो मेलामा दुई गाउँका छोरी चेलीहरु एक आपसमा झैझगडा गर्दछन् । चेलीहरु भनाभन तथा तथानाम गाली गरागर गर्दछन् र मेला भर्न आएकाहरु त्यसमै आनन्द लिन्छन् ।

महिलाहरु हातमा लौरो तथा चप्पल समाएर एक अर्कालाई राम्रो नराम्रो सबैखाले गाली गर्दछन् । यसरी गाली गरिरहँदा बाहिरी मान्छेलाई त्यहाँ ठूलो लडाइँ हुन आँटेको आभाष हुनसक्छ । तर त्यस्तो केही हुँदैन । मेला सकिएपछि सबै शान्त र सामान्य हुन्छ । तर कहिलेकाहीँ भने जुत्ता र ढुंगा हानाहान पनि हुने गरेको छ ।

उक्त मेलाको एउटा प्रमुख विशेषता भनेको त्यसमा पुरुष सहभागी हुन पाउँदैनन् ।

भदोही जिल्लाको सुरियावा क्षेत्रस्थित भोरी महजूदामा सदियौँ देखि यो मेला चल्दै आएको छ । पछिल्लो समय सुरक्षा व्यवस्थालाई ध्यान दिँदै त्यहाँ महिला प्रहरी पनि खटाउने गरिएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment