Comments Add Comment

हजारौं प्रयोगकर्ताका निजी डाटा ह्याकरले बेच्दै

प्रयोगकर्ताका डाटाहरु ह्याक गरिएको, बेचिएको जस्ता आरोपमा आलोचित भइरहेको फेसबुकका लागि अर्को अप्रिय खबर सार्वजनिक भएको छ ।

बीबीसीको रिपोर्ट अनुसार झण्डै ८१ हजार फेसबुक प्रयोगकर्ताका डाटालाई ह्याकरहरुले बिक्रिमा राखेका छन् ।

साथै ह्याकरहरुले आफुसँग १२ करोड फेसबुक अकाउन्टका विस्तृत डाटाहरु रहेको पनि दाबी गरेका छन् ।

साइबर सेक्योरिटी कम्पनी डिजिटल स्याडोजका अनुसार अहिले ८१ हजार फेसबुक प्रयोगकर्ताका प्राइभेट मेसेजहरु ह्याकरद्वारा बिक्रिमा राखिएका छन् ।

बीबीसीको रुसी सेवाले ह्याकरहरुद्वारा बिक्रिमा राखिएका भनिएका प्राइभेट मेसेजवाला फेसबुक प्रयोगकर्तासँग सम्पर्क गरेको थियो । त्यसक्रममा ती प्रयोगकर्ताले ती प्राइभेट मेसेजहरु विगतमा आफुले नै पठाएका पुष्टि गरेका छन् ।

ती मेसेजहरु केवल साधारण टेक्स्ट मात्र नभै तस्वीर तथा अन्य सामाग्रीहरु समेत रहेको बताइएको छ ।

विभिन्न खाले असुरक्षित ब्राउजर एक्सटेन्सनमार्फत ह्याकरहरुले फेसबुक प्रयोगकर्ताले ती मेसेजहरु प्राप्त गर्न सफल भएका बताइएको छ ।

डाटाहरु बिक्रिमा राखिएका प्रयोगकर्ताहरुमा युक्रेन, रुस, बेलायत, अमेरिका तथा ब्राजिलका प्रयोगकर्ता धेरै रहेको समाचारमा उल्लेख छ ।

ह्याकरहरुले हरेक फेसबुक अकाउन्टलाई १० सेन्टमा बिक्रि गर्ने प्रयास पनि गरेको बताइएको छ । तर त्यस्तो विज्ञापनमा भने तत्कालै प्रतिबन्ध लगाइएको छ । फेसबुक प्रयोगकर्ताका डाटा बिक्रिमा राख्ने वेबसाइट रुसको सेन्ट पिटर्सबर्गमा सेटअप गरिएको पाइएको छ ।

उता फेसबुकले भने आफ्नो प्लेटफर्मको सुरक्षामा कुनै ह्याकिङ नभएको र यस्तो डाटा लिक चाहीँ ब्राउजर एक्सटेन्सनको कमजोरीका कारण भएको दाबी गरेको छ ।

साथै ब्राउजर निर्मातालाई यस विषयमा जानकारी गराइएको पनि फेसबुकले जनाएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment