Comments Add Comment

‘सुश्री सम्पत्ती’मा प्रियंकाको हट आइटम

नायिका प्रियंका कार्की चलचित्रको पर्दामा आइटम नृत्य गर्न अगाडि छिन् । चलचित्रमा मुख्य भूमिका होस् या नहोस्, उनी आइटममा जमिहाल्छिन् । उनै, प्रियंकाले आइटम नृत्य गरेको चलचित्र ‘सुश्री सम्पत्ती’को गीत सार्वजनिक भएको छ । ‘झुम्की हराए’ बोलको गीतमा नायिका कार्कीको हट अवतार देख्न सकिन्छ । साथमा चलचित्रका मुख्य कलाकारहरु सलोन बस्नेत, बिनोद न्यौपाने, प्रमोद अग्रहरिलाई पनि गीतको भिडियोमा देख्न सकिन्छ । चलचित्रको मुख्य नायिकाको रुपमा भने सारा सिर्पाली छिन् ।

गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत, मिना निरौला र राजन इशानको स्वर छ । तिहारको अवसरमा दर्शकलाई यो उपहार दिएको निर्देशक सुव्रतराज आचार्यले जानकारी दिएका छन् । तिहारको कोसेली स्वरूप दर्शकलाई उपहार दिइएको गीतलाई कविराज गहतराजले निर्देशन गरेका छन् ।

रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment