+
+

काठमाडौंमा प्रहरीद्वारा १० लाखको पटाका नष्ट

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २१ गते १३:२५

२१ फागुन, काठमाडौं । प्रहरीले काठमाडौंमा १० लाख रुपैयाँ बराबरको पटाका नष्ट गरेको छ ।

तिहारका लागि भित्र्याइएका करिव १० लाख रुपैयाँ बराबरको पटाका काठमाडौंको विभिन्न स्थानबाट नियन्त्रणमा लिई टेकुस्थित महानगरीय प्रहरी परिसरमा बुधबार विहान नष्ट गरिएको हो ।

ठूलो धनजनको क्षति निम्त्याउने कानुनद्वारा बर्जित पटाका काठमाडौंको विभिन्न स्थानबाट नियन्त्रणमा लिई सञ्चारकर्मी र स्थानीयको रोहबरमा नष्ट गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले जानकारी दिए ।

परिसरले पटाका विक्री वितरणमा संलग्न नौं जनालाई पनि नियन्त्रणमा लिई कानुनी कारबाही पनि सुरु गरेको छ ।

परिसरले काठमाडौंलाई पटाका मुक्त बनाउन अभियाननै सञ्चालन गरेको छ । परिसरका प्रमुख लामाले पटाका पड्काउने वा यसको विक्री वितरण गर्नेलाई कडा कारबाही गर्ने चेतावनी पनि दिए ।

नियन्त्रणमा लिई नष्ट गरिएका पटका ३ महिना अघिनै काठमाडौं भित्रिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । परिसरका प्रमुख लामाले तिहारमा पड्काउने र त्यसबाट ठूलो धनजनको क्षति हुने देखिएपछि पट्काको विक्रीवितरणमा समेत कडा निगरानी राख्नु परेको पनि स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?