Comments Add Comment

झलमाया प्रकरण : पोष्टमार्टम रिपोर्टमा चित्त नबुझेपछि शव काठमाडौं लगियो

२१ कात्तिक, रामेछाप । आफ्नै घरमा झुण्डिएको अवस्थामा सोमबार फेला परेकी लिखु तामाकोसी गाउँपालिका-४ बिजुलीकोटकी झलमाया श्रेष्ठ शव पोष्टमार्टमका लागि काठमाडौं लगिएको छ।

मन्थली प्राथमिक स्वास्थ्य केन्द्रले दिएको पोष्टमार्टम रिपोर्टप्रति आफन्तले असन्तुष्टि जनाएपछि शव काठमाडौं लगिएको हो ।

पोर्टमार्टम रिपोर्टप्रति असहमति जनाउँदै आन्दोलनमा उत्रिएका स्थानीयले उनले आत्महत्या गरेको नभई हत्या नै भएको दावी गर्दै आएका छन् । गाउँपालिका अध्यक्ष गोविन्द खड्को, वडा नं ३ र ४ का वडाअध्यक्षका साथै धोवी बजारका वासिन्दाले आन्दोलनमा साथ दिएका छन् ।

झलमायाको हत्यामा संलग्न भन्दै श्रीमान धननारायण श्रेष्ठ, स्थानीय गोपिनी खड्काविरुद्ध प्रहरीमा किटानी जाहेरीसमेत दिइएको छ । किटानी जाहेरी परेका श्रेष्ठ र खड्कालाई भने प्रहरीले सोमबार नै नियन्त्रणमा लिएको थियो ।

उनीहरुलाई स्थानीयको कारण असुरक्षा भएकोले प्रहरीले सुरक्षामा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेख अदालतले बताए ।

यो पनि पढ्नुहोस झलमाया प्रकरणः प्रहरी भन्छ– प्रारम्भिक अनुसन्धानमा आत्माहत्या नै देखियो

प्रहरीले भने प्रारम्भिक अनुसन्धानबाट हत्या नभई आत्महत्या नै भएको बताएको छ ।स्थानीयले प्रहरी र स्वास्थ्यकर्मी समेतको मिलेमतोमा पोष्र्टमार्टम रिपोर्टसमेत गलत दिएको भन्दै मंगलबार साँझ प्रहरी कार्यालय र मन्थली बजारमा नाराजुलुस गरेका थिए । साँझ अबेरसम्म गाउँबाट मन्थली आएका स्थानीयले बजारमा नाराजुलुस गरेका थिए ।

‘मृतकको हत्या नै भएको हो । तर घटनाई मिलेमतोमा आत्महत्या भएको भनी पुष्टि गर्न खोजिदै छ’, गाउँपालिका अध्यक्ष गोविन्द खड्काले भने ।

मंगलबार दिउँसो नै प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरिएको श्रेष्ठको शव आफन्त र स्थानीयले बुझ्न अस्वीकार गरेका थिए ।

यो पनि पढ्नुहोस झलमायाको हत्या भएको भन्दै गाउँपालिका अध्यक्षसहित २३९ जनाले दिए उजुरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment