+
+
Shares

गोरेबहादुरको हत्या भएको आशंका, एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २१ गते १७:१७

२१ कात्तिक, धनकुटा । महालक्ष्मी नगरपालिका-३ डाँडागाउँ बस्ने ६५ वर्षीय गोरेबहादुर तामाङको हत्या भएको प्रहरीले आशंका गरेको छ ।

प्रारम्भीक अनुसन्धानका क्रममा गोरेको हत्या भएको हुनसक्ने भन्दै प्रहरीले डाँडागाउँकै ४० वर्षीय सत्यजंग तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

गोरे सोही ठाउँको बारीमा मृत अवस्थामा फेला परेका थिए । पक्राउ परेका सत्यजंगको घरमा खानतलासी गर्दा १ नाल भरुवा बन्दुक र १ थान खुकुरीसमेत भेटिएको प्रहरीले जानकारी दिएको छ ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?