Comments Add Comment

गौरिघाटमा बाँदरको चकचकीः चुँडिएको विजुलीकाे तार २४ मिनेटमा जोडियो

२१ कात्तिक, काठमाडौं । लक्ष्मी पूजाको दिनमा मुलुकभर नै विजुली आपूर्ति अवरुद्ध हुन नदिन बुधबार दिउँसोदेखि नै नेपाल विद्युत प्रााधिकरणको टोली दौडधुपमा थियो ।

लक्ष्मी पूजाका दिन विद्युतको माग हृवात्तै बढ्ने भएकाले प्राधिकरण त्यसको आपूर्ति सहज गर्न पूर्व तयारीमा थियो । यसमा प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ आफैं नै खटिँदै आएका थिए ।

तर, पनि केहि ठाउँमा विद्युत आपूर्ति रोकिँदा त्यसक्षेत्रका बासिन्दाले लक्ष्मी पूजाका दिन अध्यारोमा बिताउनुपर्ने बाध्यता आइपरेको छ ।   तत्कालै मर्मत सम्भार हुनसक्ने ठाउँमा प्राविधिक टोली पठाएर विद्युत आपूर्ति सुचारु गर्ने काम पनि भइरहेको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।

प्राधिकरणको मास्टर स्टेशन कन्ट्रोल रुममा बसेर अअहिले घिसिङले विद्युत आपूर्ति अवरुद्ध भएका ठाउँको सूचना लिँदै मर्मतका लागि मातहतका निकायलाई निर्देशन दिइरहेका छन् ।  उनका अनुसार पर्वतको मोदी गाउँपालिकाको भोक्लाङमा विद्युत आपूर्ति रोकिएको छ ।

एक जना स्थानीयले तारमा पर्नेगरी रुख ढलाएपछि ट्रान्सर्फमरबाट विद्युतको सप्लाई रोकिएको घिसिङले बताए ।  त्यहाँ तत्काल मर्मत हुननसक्ने भएकाले अब भोलि बिहिबार मात्रै विद्युत आपूर्ति सूचारु गराउन सकिने उनले बताए ।

काठमाडौंको गौरिघाटमा विजुलीको तारमा बाँदर हाम्फाल्दा केहिबेर विद्युत आपूर्ति रोकियो । तर, तत्कालै मर्मत गरी सुचारु गराइएको छ ।

‘गौरिघाटमा अवरुद्ध भएको विद्युत आपूर्ति २४ मिनेट नबित्दै चुँडिएकाे विजुलीकाे तार जाेडेर सुचारु गरायौं’, घिसिङले भने ।  यस्तै भोजपुरको दावा भन्ने स्थानमा पनि विद्युत आपूर्ति रोकिएको छ ।

हिँडेर जानुपर्ने भएकाले त्यहाँ भोलि मात्रै विद्युत आपूर्ति सुचारु गराउन सकिने कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment