Comments Add Comment

भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्राउँछौंः मन्त्री अधिकारी

२२ कात्तिक, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख विदेशी पर्यटक नेपाल भित्राउने दाबी गरेका छन् । पर्यटन क्षेत्रको विकास र विस्तारमा आफू कटिबद्ध भएर लागिपरेको उनको भनाइ छ ।

बुधबार राति रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी भैलो कार्यक्रममा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री अधिकारीले भने, ‘नेपालमा अब विकास र समृद्धिको लहर आउँछ । हामी आर्थिक क्रान्ति गर्छौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको नेतृत्वमा मुलुक अब विकास र समृद्धिको युगतर्फ अघि बढिसक्यो ।’

मुलुकमा भ्रष्टाचार अन्त्य गर्ने र सुशासन कायम गर्दै अघि बढ्ने सरकारको लक्ष्य रहेकोले अब देखिने गरी विकासका लहर आउने उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment