+
+
Shares

जुवाखालमा प्रहरीको छापा, ७६ वर्षे वृद्धसहित २१ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २२ गते १०:१७

२२ कात्तिक, बुटवल । तिहारमा हुने जुवातास नियन्त्रण अभियानमा लागेको बुटवल प्रहरीले जुवाखालबाट ७६ वर्षीय वृद्धसहित २१ जनालाई पक्राउ गरेको छ । खालबाट पाँच लाख दुई हजार रुपैयाँ पनि बरामद भएको छ ।

रुपन्देहीको तिलोत्तमा ९ तीननम्बरमा पासा खेलिरहेका १० जनाबाट ४ लाख २६ हजार २ सय, रुपन्देहीकै देवदह ३ सूर्यपुराबाट ५ जनासहित ७२ हजार ७३० र देवदहकै भवानीपुरबाट ३ हजार ८२५ रुपैयाँसहित ६ जना पक्राउ परेका छन् ।

गएराति १२ बजे तिलोत्तमा ९ का ४८ वर्षीय केशब न्यौपानेको घरमा पासा खेलिरहेको अबस्थामा प्रहरीले छापा मारेर सोहि स्थानका ४२ वर्षीय अमृत बस्याल, ३५ वर्षीय तिलक भुसाल, ४० वर्षीय चक्र पाठक, ४५ वर्षीय कमल पाठक, ४१ वर्षीय हरि पौडेल, १८ वर्षीय नितेष न्यौपाने, ५५ वर्षीय तुल्सीराम कडेल, ३८ वर्षीय मुकेश पाण्डे र ७६ वर्षीय शिबलाल कँडेललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरी चौकी खैरेनीले रुपन्देही देवदह ३ का लोकराज भारतीको घरमा जुवा खेलिरहेका ५ जना र देवदहकै भवानीपुरबाट ६ जनालाई पक्रेको छ ।

पक्राउ परेका ब्यक्तिहरु इलाका प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बुटवलमा छन् । ३ महिनाको अवधिमा बुटवल प्रहरीले जुवा खेल्ने करिब ४० जनालाई मुद्दा दर्ता गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक डिलबहादुर मल्लले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?