Comments Add Comment

सरकारले संखधर साख्वा संग्रहालय बनाउने

२२ कात्तिक, काठमाडौं । सरकारले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वा संग्राहलय स्थापना गर्ने घोषणा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाबारे यथेष्ट जानकारी दिने उद्देश्यका साथ राष्ट्रिय संग्राहलय स्थापना गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

बिहीबार भक्तपुरमा आयोजित नेपाल संवतको शुभारम्भ कार्यक्रममा बोल्दै उनले शंखधर साख्वाको संग्राहलय स्थापनाका लागि स्थानीय नगरपालिकालाई जग्गा व्यवस्था तत्काल गर्न पनि आग्रह गरे । त्यस अवसरमा मन्त्री पण्डितले शंखध्वर साख्वाले गरिव जनताको ऋणमोचन गरेर ऐतिहासिल योगदान दिएको पनि स्मरण गराए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले नेपाल संवतलाई राष्ट्रिय चाडको रुपमा घोषणा गर्न सरकारसँग माग गरे । उनले सरकारले नेपाल संवतलाई राष्ट्रिय चाडको मान्यता दिन ढिलाई नगर्ने विश्वास पनि व्यक्त गरे ।

यता, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले नेपाल संवतलाई राष्ट्रिय चाडको मान्यता दिने गरी सरकारले आवश्यक प्रक्रिया अघि बढाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment