Comments Add Comment

कानून व्यवसायी परिषदद्वारा अधिवक्ता श्रेष्ठको निधनप्रति दुख व्यक्त

२२ कात्तिक, काठमाडौं । नेपाल कानून व्यवसायी परिषदले वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठको निधनप्रति दुख व्यक्त गरेको छ । परिषदले बिहीबार विज्ञप्ति जारी गरी श्रेष्ठले आधुनिक कानून व्यवसायको क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएको स्मरण गरेको छ ।

‘कानून शिक्षा, कानून साहित्य तथा आधुनिक कानून व्यवसायको जग बसाउने कार्यमा उहाँको महत्वपूर्ण भूमिका रहेको छ’ परिषदका अध्यक्ष अग्निप्रसाद खरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सर्वोच्च अदालत वार एशोसिएसनका अध्यक्षसमेत रहेका अधिवक्ता श्रेष्ठ सधैं स्वतन्त्र न्यायपालिका र सक्षम बारको पक्षमा रहेको परिषदले उल्लेख गरेको छ ।

श्रेष्ठ नवआगन्तुक तथा एवं युवा कानून व्यवसायीका लागि प्रेरणाको स्रोत रहेको र नेपाल बार एशोसिएशन र विदेशमा रहेका कानूनको क्षेत्रमा क्रियाशील संस्थासँग सम्बन्ध स्थापनामा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको परिषदले विज्ञप्तिमा उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment