Comments Add Comment

इंग्ल्यान्डद्वारा श्रीलंकालाई ४६२ रनको लक्ष्य

२२ कात्तिक, काठमाडौं । इंग्ल्यान्डले पहिलो टेष्ट क्रिकेट खेलमा श्रीलंकालाई ४६२ रनको विशाल लक्ष्य पेश गरेको छ ।

तीन खेलको टेष्ट क्रिकेट सिरिजको पहिलो खेलमा इंग्ल्यान्डले श्रीलंकासामु ठूलो स्कोर बनाएको हो । विजयी जवाफसहित ब्याटिङ गरेको श्रीलंकाले तेस्रो दिनको समाप्तीसम्म विना विकेट १५ रन बनाएको छ ।

चौथौ दिन शुक्रबार यही स्थितिबाट श्रीलंकाले ब्याटिङ थाल्नेछ ।

६ विकेटको क्षतिमा ३२२ रन बनाएपछि इंग्ल्यान्डले आफ्नो दोस्रो इनिङ्सको समाप्तिको घोषणा गरेको थियो । इंग्ल्यान्डका लागि केयटन जेनिङ्सले शतकीय पारी खेल्दै अविजित १४६ रन बनाए । त्यस्तै, बेन स्टोक्सले ६२ रनको योगदान दिए ।

यसअघि आफ्नो पहिलो इनिङ्समा श्रीलंकाले सबै विकेटको क्षतिमा २०३ रन मात्रै बनाउन सकेको थियो । श्रीलंकाका लागि एन्जेलो मथेवसले ५२ रन बनाएपनि अन्य खेलाडीले उच्च स्कोर बनाउन सकेनन् । श्रीलंकाका लागि कप्तान दिनेश चन्डिमलले ३३ र निरोशान डिक्वेल्लाले २८ रन बनाए । बलिङतर्फ मोइन अलीले ४ विकेट लिए ।

यसअघि गल्ली इन्टरनेशनल स्टेडियममा टस जितेर ब्याटिङ गरेको इंग्ल्यान्डले सबै विकेटको क्षतिमा ३४२ रन बनाएको थियो । इंग्ल्यान्डका लागि बेन फोएक्सले १०७ रन बनाउँदै इनिङ्स उकासेका थिए । बलिङतर्फ दिलरुवान परेराले ५ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment