+
+
Shares

पार्टीभित्रकै झगडाका कारण चुनाव हारियो : देउवा

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २२ गते १८:०७

२२ कात्तिक, भक्तपुर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेसभित्रको आपसी झगडाका कारण चुनावमा हार व्यहोर्नुपरेको बताएका छन् ।

दीपावली, नेपाल संवत् २०३९ तथा छठ पर्वको अवसरमा बिहीबार नेपाली काङ्ग्रेसले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा उनले भने ‘नेपाली काङ्ग्रेसमा आपसी मेलमिलाप हुन नसक्दा र पार्टीभित्रको आन्तरिक झगडाका कारण चुनावमा हार व्यहोर्नुपर्‍यो, आन्तरिक झगडा नभएको भए चुनाव जितिन्थ्यो ।’

काङ्ग्रेस एक अर्कालाई हराउने खेलमा लाग्दा व्यक्तिलाई मात्रै नभई सिङ्गो पार्टीले हार व्यहोर्नुपरेको उल्लेख गर्दै उनले काङ्ग्रेसभित्र पार्टीले जसलाई टिकट दिए पनि जिताउनुपर्छ भन्ने संस्कार बसाल्नु अति आवश्यक रहेको बताए ।

सभापति देउवाले चुनावमा भएको हारबाट नेपाली काङ्ग्रेसले धेरै ठूलो पाठ सिक्नुपर्ने चर्चा गर्दै हारबाट हतोत्साही र निरशा नभई अबको चुनाव जितमा परिणत गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा उनले जय नेपाल स्मारिकाको विमोचन गर्नुका साथै काङ्ग्रेसका नेताद्वय राजनकाजी त्वाती र पवन भुजुलाई सम्मान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?