+
+
Shares

पूर्वराजा ज्ञानेन्द्रले लगाए भाइटीका

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २३ गते ११:०८

२३ कात्तिक, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नी बहिनीसँग भाइटीका लगाएका छन् । शाहले शुक्रबार विहान बहिनी शोभा राज्यलक्ष्मी शाहीसँग भाइटीका लगाएका हुन् ।

भाइटीका लगाउन शाह बहिनी शोभाको कमलादीस्थित निवास शोभा गृहमा पुगेका थिए । उनले विहान ९ः३० को शुभसाइतमा भाइटीका लगाएका छन् ।

पूर्वराजा शाहले आफ्ना ज्योतिषले दिने टीकाको बेग्लै साइतमा टीका लगाउने गरेका छन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिले भने बिहान ११ बजेर ५५ मिनेटलाई भाइटीकाको उत्तम साइत भएको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?