Comments Add Comment

पूर्वराजा ज्ञानेन्द्रले लगाए भाइटीका

२३ कात्तिक, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नी बहिनीसँग भाइटीका लगाएका छन् । शाहले शुक्रबार विहान बहिनी शोभा राज्यलक्ष्मी शाहीसँग भाइटीका लगाएका हुन् ।

भाइटीका लगाउन शाह बहिनी शोभाको कमलादीस्थित निवास शोभा गृहमा पुगेका थिए । उनले विहान ९ः३० को शुभसाइतमा भाइटीका लगाएका छन् ।

पूर्वराजा शाहले आफ्ना ज्योतिषले दिने टीकाको बेग्लै साइतमा टीका लगाउने गरेका छन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिले भने बिहान ११ बजेर ५५ मिनेटलाई भाइटीकाको उत्तम साइत भएको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment