Comments Add Comment

राष्ट्रपतिले भाइ डेगेन्द्रलाई लगाइदिइन् टीका, पत्रकारलाई प्रवेश निषेध

२३ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइदिएकी छन् ।

उनले राष्ट्रपति भवन शीतलनिवासमा बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा पाण्डेलाई सप्तरंगी टीका लगाइदिएकी हुन् ।

राष्ट्रपति भण्डारीले टीका लगाइदिएर भाइलाई आशीर्वाद दिँदै दुबो, मखमलीयुक्त माला लगाइदिइएर कटुस, ओखर र मिठाइ खुवाएकी थिइन् । भाइ डेगेन्द्रले यथाशक्य दक्षिणा प्रदान गरेर राष्ट्रपति भण्डारीसँग आशीर्वाद लिएको राष्ट्रिय समाचार समिति (रासस)ले जनाएको छ ।

भाइटीकाको तस्वीर र भिडियो खिच्न गएका पत्रकारहरुलाई भने राष्ट्रपति निवासमा प्रवेश निषेध गरिएको थियो । समाचार संकलनका लागि गएका पत्रकारहरुलाई शितलनिवासको गेट बाहिरैबाट फर्काइएको थियो ।

दशैंमा राष्ट्रपति भण्डारीले लगाइदिएको टीकाको फोटो र भिडियो सार्वजनिक भएपछि निकै आलोचना भएको थियो । त्यही भएर तिहारमा पत्रकारहरुलाई फोटो र भिडियो खिच्न नदिइएको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment