Comments Add Comment

पोखरा फिल्म सोसाइटीमा नयाँ नेतृत्व, अध्यक्षमा प्रधान चयन

२५ कात्तिक, धम्पुस । पोखराका चलचित्रकर्मीहरुको संस्था पोखरा फिल्म सोसाइटीमा नयाँ नेतृत्व चयन भएको छ । शनिबार कास्कीको पर्यटकीय स्थल धम्पुसमा सम्पन्न साधरण सभाले जितेश प्रधानको अध्यक्षतामा १३ सदस्यीय कार्यसमितिको चयन गरेको हो ।

दुई वर्षे कार्यकालको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र अधिकारी, उपाध्यक्षमा सागर शाह, सचिवमा सरोज सापकोटा, सहसचिवमा नेत्र गुरुङ, कोषाध्यक्षमा दीपक बास्तोला र सदस्यहरुमा प्रेमबहादुर गुरुङ, प्रकाश गुरुङ ‘काश’, सन्तोष गुरुङ ‘कोन्मे’, सुरोज गुरुङ, डिलबहादुर गुरुङ, पुष्कर थापा मगर र कृष्णकुमार श्रेष्ठ चयन भएका छन् ।

अध्यक्ष जितेश प्रधानले आफ्नो सम्पूर्ण समय संस्थाको हितको लागि र चलचित्र विकासको निम्ति खर्च गर्ने बताएका छन् । प्रधान दुई दशकदेखि चलचित्र र संगीत क्षेत्रमा आवद्ध छन् । उनले नेपाल सरकारले पोखरालाई फिल्म नगरी घोषणा गर्ने तयारी भइरहेका यो अवस्थामा फिल्म सोसाइटी चलचित्र क्षेत्रको विकासमा केन्द्रित हुने बताए ।

नयाँ नेतृत्व चयनपछिको पहिलो बैठकले ३ महिनाभित्र फिल्मसम्बन्धी कार्यशाला राखिने निर्णय गरेको कुरा समितिका सचिव नेत्र गुरुङले बताए ।

पोखरालाई कर्मथलो मान्दै चलचित्र क्षेत्रमा काम गर्दै आएका कलाकार, प्राविधिक र निर्देशकको हकहितको तथा चलचित्रको बिकासको लागि वि. स. २०६८ सालमा पोखरा फिल्म सोसाइटीको स्थापना भएको हो । सोसाइटीले विभिन्न कार्याशाला, अन्तर्राष्ट्रिय स्थरका फिल्म फेस्टिभल गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment