Comments Add Comment

स्वस्तिमा खड्काः चतुर कि लोभी ?

नायिका स्वस्तिमा खड्काले चलचित्र ‘छक्का पन्जा ३’मा यति सानो भूमिका गरिन् कि, त्यो भूमिका उनले गर्नुहुन्थ्यो या हुन्थेन भनेर चलचित्र रिलिज भएपछि बहस पनि भयो । किनकी, चलचित्रा उनको केमियो भूमिका थियो भन्दा फरक नपर्ला । ‘छक्का पन्जा २’मा मुख्य नायिकाको रुपमा देखिएकी स्वस्तिमालाई तेश्रो सिरिजमा यति सानो भूमिका किन गर्नुप¥यो भन्ने टिप्पणी पनि भयो । तर, यतिबेला स्वस्तिमालाई ब्रान्डको लोभ लागेको प्रष्ट थियो ।

उनै स्वस्तिमा खड्काले चलचित्र ‘दाल भात तरकारी’ छाडिन् । यो चलचित्र साइन गर्ने पहिलो कलाकार उनी थिइन् । चलचित्रमा उनी मुख्य नायिकाको भूमिकामा पनि थिइन् । तर, स्वस्तिमाले अन्तिम समयमा आएर यो चलचित्र छाड्दा उनी चतुर कि लोभी भन्ने प्रश्न उब्जेको छ ।

किनभने, स्वस्तिमाले यो चलचित्र छाड्नुको कारणबारे यसका निर्माता किरण केसीले भनेका छन्–‘अर्को चलचित्र र हाम्रो चलचित्रको छायांकन समय जुधेकोले स्वस्तिमाले आग्रह गरेपछि सहमतीमा हामीले काम नगर्ने निर्णय गरेका हौ । यसमा उनी ४ जना नायिकाविच छिन् भने अर्कोमा सोलो छिन् । उनले चलचित्र छाड्नुमा यो फ्याक्टरले पनि काम गरेको छ ।’

स्वस्तिमाले यो चलचित्र ‘हजार जुनी सम्म’मा काम गर्नका लागि छाडेकी हुन् । यो चलचित्रमा उनी सोलो नायिकाको रुपमा छिन् । चलचित्र ‘नाई नभन्नु ल ५’मा काम गरेपछि उनी निर्देशक विकासराज आचार्यसँग सम्बन्ध विगार्ने सोचमा छैनन् ।
स्वस्तिमाले चलचित्र ‘हजार जुनी सम्म’ गर्ने वा नगर्ने निर्णय गर्न सकेकी थिइनन् । यतिबेला, उनका लागि ‘दाल भात तरकारी’ मुख्यकारण बनेको थियो । तर, अन्तिम समयमा उनले ‘हजार जुनी सम्म’लाई रोजेर ‘दाल भात तरकारी’को टिमबाट अलग हुने निर्णय गरिन् । स्वस्तिमा यतिबेला भने केही चतुर देखिएकी छिन् ।

‘छक्का पन्जा ३’मा केमियो भूमिका पनि गर्न तयार स्वस्तिमाले ‘दाल भात तरकारी’मा अन्य ३ जना नायिका छन् भनेर छाड्नुको कारण अर्थपूर्ण छ । किनकी, यो चलचित्रमा नायिका प्रियंका कार्की आइटम गीतमा मात्र छिन् भने बर्षा राउतको पनि विशेष भूमिका रहनेछ ।

स्वस्तिमालाई अहिले कामको अभाव छैन । उनीसँग प्रशस्त चलचित्र छन् । म्यूजिक भिडियोदेखि चलचित्रबाट आएको अफरले स्वस्तिमा लोभीसँगै चतुर पनि बनेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment