Comments Add Comment

सुगठित र आकर्षक शरीरका लागि यसरी गर्नुहोस स्ट्रेन्थ ट्रेनिङ

फिटनेशको पहिलो सूत्र भनेको व्यायाम नै हो । नियमित व्यायाम गरेर मात्रै शरीर फिट र स्वस्थ राख्न सकिन्छ ।

जो मानिस आफ्नो शरीर सुडौल र आकर्षक बनाउन चाहन्छ उसले पसिना त बगाउनै पर्छ । यसको लागि अन्य कुनै सर्टकट उपाय छैन ।

यदि तपाईं मजबुत मांसपेशीको साथमा राम्रो शारीरिक आकार चाहनुहुन्छ भने स्ट्रेन्थ ट्रेनिङ सबैभन्दा उपयोगी हुन सक्छ । यसबाट तपाईंले आफ्नो शरीरको अतिरिक्त तौल घटाउन सक्नुहुन्छ । यद्यपि, यो ट्रेनिङ गाह्रो हुन्छ ।

स्ट्रेन्थ ट्रेनिङ गरी मांसपेशीको मास बढाएर तौल बढाउन पनि सकिन्छ । यसको अभ्यासले मांसपेशी लामो समयसम्म मजबुत रहन्छ ।

नियमित स्ट्रेन्थ ट्रेनिङ गरेर तपाईं लामो समयसम्म जवान देखिन सक्नुहुन्छ । साथै तपाईंमा सँधै जोश जाँगर भरिन्छ ।

यो एक्सरसाइजलाई अचानक सुरु गर्न सकिँदैन । यसको तयारी आवश्यक हुन्छ । सुरुवाती चरणमा हप्तामा ३-४ दिन मसल्सको एक्सरसाइज गर्नुहोस् । यसबाहेक वेट मेसिनले एक्सरसाइज अझै दोब्बर बनाउनुहोस् ।

यी सबै एक्सरसाइज कुनै राम्रो प्रशिक्षकको साथमा गर्नुपर्छ । किनभने जथाभावि गर्दा चोट लाग्ने सम्भावना हुन्छ ।

स्ट्रेन्थ टे्रनिङ एक्सरसाइजको क्रममा सुरुवातमा तपाईंले आफ्नो शरीरबाट बोसो र क्यालोरी बर्न गर्नुहुन्छ ।

सबैभन्दा सजिलो विकल्प वेट मेसिनले एक्सरसाइज गर्ने र डमबेल उठाउने हो । सुरुवातमा दुई सातासम्म यही प्रक्रिया अपनाउनुहोस् । मेसिनबाट एक्सरसाइज गर्नुको फाइदा भनेको तपाईंले सहि मुभमेन्ट सिक्न सक्नुहुन्छ ।

यसमा तपाइर्ंले आफ्नो कद र काँटीको हिसाबले मेसिनलाई एडजस्ट गर्नुपर्छ । यदि मेसिनलाई ठिकसँग एडजस्ट गरिएन भने तपाईंले गलत मुभमेन्टमा कसरत गर्नुहुन्छ र यसले चोट लाग्ने सम्भावना बढ्छ ।

सुरुमै धेरै तौल उठाउँदा कम्मरमा गम्भिर असर पर्न सक्छ । त्यसैले मेसिनबाट वेट ट्रेनिङ गर्दा मेसिनले तपाइर्ंको शरीरलाई सपोर्ट दिन्छ र चोट लाग्ने सम्भावना कम हुन्छ ।

शरीरको सबै भागको अलग-अलग स्ट्रेन्थ ट्रेनिङ हुन्छन्ः

छातीको लागि- बेन्च प्रेस, चेस्ट प्रेस मेसिन, पुसअप, पेक डेक मेसिन आदी

पेटको लागि- क्रन्च, रिभर्स क्रन्च, अबिलक टि्वस्ट, पेल्भिक टिल्ट आदी

ढाडको लागि- सिटेड रो मेसिन, ब्याक एक्सटेन्सन, पुलडाउन

बाइसेपको लागि- बाइसेप्स कर्ल, कनसेन्ट्रेसन कर्ल

ट्राइसेप्सको लागि- ट्राइसेप्स एक्सटेन्सन, डिप्स, किकब्याक्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment