२६ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन केन्द्रीय विभागमा लागेको ताला सोमबार खुलेको छ ।
अनेरास्ववियु व्यवस्थापन केन्द्रीय विभागले विभिन्न माग राख्दै गरेको तालाबन्दी विभागसँगको सहमतिपछि सोमबार खुलेको हो ।
विद्यार्थी र विभागबीच विभागले शुल्क वृद्धि गर्नुपरेमा विद्यार्थी संगठनहरुको सहमतिमा मात्र गर्ने, विभागको चारित्रिक प्रमाणपत्र आउँदो पुस १ देखि प्रिन्टेड फर्ममा रेक्जिन ब्यागमा राखेर दिने, निशुल्क र जेहेन्दार छात्रवृत्ति त्रिवि सेमेस्टर कार्यविधिअनुसार समयमा नै प्रदान गर्ने सहमति भएको छ ।
त्यस्तै सीडीएम अल्मुनाई एशोसिएसनले लिने ५०० रुपैयाँ शुल्क स्वेच्छिक गर्ने, विभागीय पुस्तकालयलाई थप व्यवस्थित गर्ने र सेमेष्टर प्रणालीमा आधारित पाठ्यपुस्तकहरु एक महिनाभित्रमा व्यवस्थापन गर्ने, प्राध्यापकले कक्षाकोठाामा प्राध्यापन गर्दा सेमेष्टर प्रणालीको मान्यता अनुसार अन्तर्क्रियात्मक ढंगले पढाउनुपर्ने, प्राध्यापकहरु नियमित रुपमा पठनपाठनमा संलग्न हुनुपर्ने सहमति पनि भएको छ ।
सहमतिपत्रमा व्यवस्थापन विभागका प्रमुख प्रा. डा. भोजराज अर्याल, अनेरास्ववियु त्रिवि कमिटीका अध्यक्ष मदन विष्ट र अनेरास्ववियु केन्द्रीय सदस्य तथा त्रिवि प्रतिनिधि भूषण सुवेदीले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया 4