Comments Add Comment

कुन्दन समूहले फेरि भन्योः टीके प्रथा मान्दैनौं, अधिवेशन छिटो गरियोस्

काठमाडौं । पार्टी नेतृत्वले नै नेपाल विद्यार्थी संघ (नेविसंघ) को १२ औं अधिबेशन हुन नदिएको महामन्त्री कुन्दन काफ्ले समूहले आरोप लगाएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विभिन्न प्रपञ्च रचेर पार्टी नेतृत्वले अधिबेशन रोकेको आरोप लगाउँदै तत्कालन अधिबेशन गर्ने वातावरण मिलाउन कुन्दन समूहले दवाव दिएको हो ।

नेविसंघले सर्वसम्मत रुपमा पारित गरेको विधानलाई पार्टीका नेताहरुकै असहमति हुँदाहुँदै जवरजस्ती ३२ वर्षे उमेर हदको निर्णय गर्नु अधिबेशन रोक्ने प्रपञ्च भएको उक्त समूहको आरोप छ ।

अहिले पनि आफ्नै गोजीका मान्छेलाई टिपेर टीका लगाइदिने कुचेष्टा गरिएको भन्दै कुन्दन समूहले कुनै हालतमा टिके प्रथा नमान्ने बताएको छ । ‘आफ्नो सीमित स्वार्थ पूरा गर्न गोजीबाट टपक्क टिपेर टीके प्रथामार्फत दास जन्माउँदै नेविसंघको नेतृत्व चयन गर्ने कुचेष्टा नगर्न पार्टी नेतृत्वलाई आग्रह गर्दछौं ।’ कुन्दन समूहले प्रकाशित विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment