+
+
Shares

टी–ट्वान्टी बरियतामा पाकिस्तान शीर्ष स्थानमा कायमै

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २७ गते ११:४२

२७ कात्तिक, काठमाडौं । पाकिस्तान टी–ट्वान्टी क्रिकेटको बरियतामा शीर्ष स्थानमा कायमै रहेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सोमबार राति सार्वजनिक गरेको बरियतामा पाकिस्तान शीर्ष स्थानमा कायमै रहन सफल भएको हो ।

पाकिस्तान पछिल्लो ३६ खेलबाट ४ हजार ९७९ अंक र १३८ रेटिङ प्राप्त गर्दै शीर्ष स्थान ओगट्न सफल भएको हो ।

टी–ट्वान्टी बरियताको दोस्रो स्थानमा भने भारत छ । भारतले ४० खेलबाट ५ हजार ६४ अंक प्राप्त गर्दा उसको १२७ रेटिङ गरेको छ । तेस्रो स्थानमा अष्ट्रेलिया रहँदा चौथो स्थानमा इंग्ल्यान्ड, पाँचौंमा न्युजिल्यान्ड र छैटौंमा दक्षिण अफ्रिका छन् ।

आईसीसी बरियताको सातौं स्थानमा वेष्ट इन्डिज रहँदा आठौं स्थानमा भने अफगानिस्तान छ । अफगानिस्तानले श्रीलंका, बंगलादेश र जिम्बाब्वेजस्ता टेष्ट नेशन राष्ट्रलाई पछि पारेको छ । श्रीलंका नवौं, बंगलादेश १० औं, स्कटल्यान्ड ११औं र १२औं स्थानमा जिम्बाब्वे रहेका छन् । त्यस्तै, १३ औं, १४ औं, १५ औं , १६ औं र १७ औं बरियतामा क्रमशः युएई, नेदरल्यान्ड्स, हङकङ, ओमन र आयरल्यान्ड रहेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?