+

ओलम्पिक महिला फुटबल छनोट : नेपाल दोस्रो चरणमा

२०७५ कात्तिक  २७ गते १६:२६ २०७५ कात्तिक २७ गते १६:२६
ओलम्पिक महिला फुटबल छनोट : नेपाल दोस्रो चरणमा

२७ कात्तिक, काठमाडौं । नेपाल ओलम्पिक खेलकुदअन्तर्गत महिला फुटबल छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।

मंगलबार भएको खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेले पनि नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो । नेपाल समूह सी को तेस्रो स्थानमा रहेपनि उत्कृष्ट हुदै दोस्रो चरणमा प्रवेश गरेको हो ।

म्यानमारको थुवुन्ना रंगशालामा नेपालले सुरुवाती समयमै अग्रता बनाएको थियो । खेलको १६औं मिनेटमा कप्तान निरु थापाले गोल गर्दै अग्रता दिलाएकी थिइन् । पहिलो हाफमा १–० गोलले अघि रहेको नेपालले खेलको अन्तिम मिनेटमा गोल खादै अंक बाँडेको हो । खेलको अतिरिक्त समयमा बंगलादेशकी अखी खातुनले गोल गर्दै बराबरीमा पुर्‍याएकी हुन् ।

यसअघि नेपालले भारत र आयोजक म्यानमारसँग समान १–१ गोलको बराबरी खेलेको थियो । यो समूहबाट म्यानमार र भारतपनि दोस्रो चरणमा प्रवेश गरेका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय