+
+
Shares

सुजाताकोमा खाना खाँदैमा आत्तिनु पर्दैन, हार्इ हेल्लो मात्रै हो: रामचन्द्र पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २७ गते १७:०६

२७ कात्तिक, चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्ऽ पौडेलले नेतृ सुजाता कोइरालाको निवासमा खाना खाँदैमा देउवा पक्षलाई नआत्तिन आग्रह गरेका छन् । ‘खाना खान बोलाएर खान जाँदैमा केही आत्तिनु पर्दैन,’ नेता पौडेलले देउवा पक्षप्रति संकेत गर्दै भने, ‘सामान्य ‘हाई हेल्लो’ मात्रै हो ।’

प्रेस युनियन चितवनले मंगलबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले पार्टी संसदमा कमजोर बनेको टिप्पणी गरे ।

संसदमा सभापति शेरबहादुर देउवाले शशक्त विपक्षी दलको भूमिका खेल्न नसकेको नेता पौडेलको दावी छ । ‘संसदमा विपक्षी दलको नेता विचारले आक्रामकरुपमा प्रस्तुत हुनुपथ्र्यो तर त्यस्तो भएन,’ नेता पौडेलले भने, ‘सरकार पनि हल न चलको अवस्थामा छ, कांग्रेस पनि त्यस्तै भएको छ । वास्तवमा आफै भित्र पनि म त्यति सन्तुष्ट छैन ।’

आफूलाई पदको भन्दा पनि पार्टीप्रति बढी चिन्ता भएको नेता पौडेलको भनाइ छ । नेता पौडेलले अगाडि थपे, ‘पार्टी निर्वाचनमा के कारणले हार्‍यो, अब यसलाई कसरी उठाएर लैजाने, पार्टीलाई सुधार्ने तिर मेरो चिन्ता छ, पदमा को बस्ने भन्ने चिन्ता छैन ।’

उपसभापति पदमा विजयकुमार गच्छदारलाई ल्याउने विषयमा खासै विवाद नभएको उनको भनाइ छ । आउँदो महाधिवेशनमा पार्टीको नेतृत्वमा जाने विषयमा आफूले केही नसोचेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?