Comments Add Comment

मन्त्रीबाट हटाइएका सोडारी नेकपाको साधारण सदस्यबाटै निष्कासित

२८ कात्तिक, कैलाली । पदीय मर्यादा विपरीत काम गरेको आरोपमा मन्त्री पदबाट हटाइएका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीलाई पार्टीले नेकपाको साधारण सदस्यबाटसमेत अनिश्चितकालीन निष्कासित गरेको छ ।

एकताअघि एमाले कैलालीका अध्यक्षसमेत रहेका सोडारीलाई मंगलबार साँझ नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरिएको प्रदेश कमिटिकाका अध्यक्ष कर्णबहादुर थापाले जानकारी दिए ।

पदीय आचरणका बारेमा जिज्ञाशा राख्दा अध्यक्ष थापाले पदमा रहदा गर्न नहुने काम गरेको भने पनि के काम गरे त, भन्दा तपाईहरु आफै बुझ्नुस भन्ने जानकारी दिए ।

सोडारीले मन्त्री रहँदा महिलासँग अनैतिक सम्बन्ध राखेको, आफ्ना नजिकका मान्छेहरुलाई मन्त्रालयको काम दिएको, अपराधिक गतिविधिमा पक्राउ परेकाहरुलाई छुटाउन दवाव दिने जस्ता कार्य गरेकोले हटाइएको नेकपा प्रदेश कमिटीका एकजना सदस्यले बताए ।

मंगलबार नै सामाजिक विकासमन्त्री पदबाट बर्खास्त गरिएका सोडारीका स्थानमा कृष्णराज सुवेदीलाई प्रदेश सरकारले मन्त्रीमा नियुक्त गरिसकेको छ ।

सुवेदी कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ को ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment