Comments Add Comment

श्रीलंकाली संसदबाट राजापाक्षेविरुद्ध अविश्वास प्रस्ताव पारित

२८ कात्तिक, काठमाडौं । श्रीलंकाको संसदमा प्रधानमन्त्री महिन्दा राजापाक्षेविरुद्ध अविस्वास प्रस्ताव पारित भएको छ ।

संसद विघटन गर्ने राष्ट्रपति मैत्रीपाला सिरिसेनाको निर्णय सर्वोच्च अदालतले खारेज गरेको भोलिपल्ट बुधबार संसदले प्रधानमन्त्रीमा विवादास्पद रुपमा नियुक्त भएका राजापाक्षेविरुद्ध अविस्वास प्रस्ताव पारित गरेको हो ।

संसदको २२५ सदस्यमध्ये बहुमत सदस्यले राजापाक्षेलाई नियुक्त गर्ने राष्ट्रपतिको कदमविरुद्ध मतदान गरेका थिए । गत अक्टोबर २६ मा राष्ट्रपति सिरिसेनाले तत्कालिन प्रधानमन्त्री रनिल बिक्रमासिंघेलाई अपदस्त गरी संसद विघटनसमेत गरेका थिए । त्यसपछि उनले प्रधानमन्त्रीमा पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलाई नियुक्त गरेका थिए ।

तर सर्वोच्च अदालतले संसद विघटन गर्ने राष्ट्रपतिको निर्णय खारेज गरिदिएको थियो । बुधबारको बैठकमा राजापाक्षे समर्थक सांसदको नाराबाजीबीच सभामुख कारु जैसूर्याले भने ‘संसदको आवाजअनुसार मलाई लाग्छ सरकारसँग बहुमत छैन ।’ सभामुखले ध्वनिमतको आधारमा निर्णय सुनाएका थिए । संसद बिहीबार १० बजेसम्मका लागि स्थगित गरिएको छ ।

यो पनि पढ्नुहोस श्रीलंका संकटः कोलम्बोको रिङमा सांघाई र नयाँ दिल्लीको भिडन्त 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment