Comments Add Comment

विछोडिएको प्रेमी बन्न आर्यनको यस्तो गेटअप

नायक आर्यन सिग्देलको एउटा गेटअपले यतिबेला राम्रै ध्यान तानेको छ । आर्यनले पालेको दाह्री जुँगाले मिडियामा राम्रै स्थान पाएको पनि छ । चकलेटी नायकको यो गेटअप दर्शकका लागि कौतुहलताको बिषय रहनु स्वभाविक पनि हो ।
नायक आर्यन सिग्देलले यो लुक्स चलचित्र ‘हजार जुनी सम्म’का लागि बनाएका हुन् । आर्यन सिग्देल यो चलचित्रमा प्रेमीको अवतारमा देखिन लागेको वुझिएको छ ।

चलचित्रले २ जेनेरेशनको कथालाई प्रस्तुत गर्नेछ । पहिलो जेनेरेशनमा नायक आर्यन सिग्देल र नायिका प्रियंका कार्कीलाई दर्शकले पर्दामा हेर्न पाउनेछन् । यसअगाडि नायक सिग्देल र नायिका कार्कीले केही चलचित्रमा काम गरिसकेका छन् । यसैले पनि आर्यन र प्रियंकाको फेरि जोडी वाँधिदा, दर्शकका लागि विशेष हुनसक्छ ।

आर्यनले यस्तो गेटअप किन बनाएका होलान् ? वुझिएअनुसार, आर्यनलाई पर्दामा प्रेममा विछोडिएको प्रेमीको भूमिकामा देखाउने तयारीमा निर्देशक विकासराज आचार्य छन् । यसैले पनि आर्यन प्रेममा विछोडिएको प्रेमी बन्न यस्तो गेटअप बनाइरहेका छन् । चलचित्रमा स्वस्तिमा खड्का मुख्य भूमिकामा छन् । चलचित्रलाई अर्को बर्षको भदौमा रिलिज गर्ने योजना यसको निर्माणपक्षको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment