Comments Add Comment

पहाडी क्षेत्रमा उत्तर कोरियाका १६ गोप्य मिसाइल केन्द्र, स्याटलाइटबाट खुल्यो रहस्य

२९ कात्तिक, काठमाडौं । उत्तर कोरियाले गोप्यरुपमा व्यालेस्टिक मिसाइल निर्माण केन्द्रलाई विकसित गरिरहेको खुलासा भएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ्ग उनबीच सिंगापुरमा भएको ऐतिहासिक वार्तामा सबै घातक हतियार निर्मार्ण र परमाणु केन्द्र बन्द गर्ने सम्झौता भएको थियो । तर उक्त सम्झौता विपरित उत्तर कोरियाले ब्यालेस्टिक हतियार निर्माणको कामलाई जारी राखेको वाशिङ्गटनस्थित सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरनेशनल स्टडिज ग्रुप बियोन्ड प्यारललको रिपोर्टमा उल्लेख छ ।

रिपोर्टका अनुसार उत्तर कोरियाले पहाडी क्षेत्रमा १६ स्थानमा ब्यालेस्टिक मिसाल प्रक्षेपण केन्द्रलाई विकसित गरिरहेको छ । यो कुरा स्याटलाइटमार्फत् पत्ता लागेको रिपोर्टमा उल्लेख छ ।

यसबारे उत्तर कोरियाबाट कुनै प्रतिक्रिया सार्वजनिक भइसकेको छैन ।

उत्तर कोरियाले नयाँ मिसाइल केन्द्रलाई पहिलेको प्रक्षेपण केन्द्र जस्तो डिजाइन गरेको छैन । तर कम दुरीका मिसाइल प्रक्षेपण गर्नका लागि प्रयोगमा ल्याउन सकिने जनाइएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले सिंगापुर बैठकमा भएको सम्झौता विपरित उत्तर कोरियाले गतिविधि जारी राखेको आरोप लगाएका थिए । उनले उत्तर कोरियामाथिको प्रतिवन्ध कायमै राखेको जानकारी दिएका थिए । यसबाट फेरि उत्तर कोरिया र अमेरिकाबीचको सम्बन्ध चिसिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment